विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ भएको छ ।
नयाँ शैक्षिक सत्र शुरु भएसँगै कोरोना सङ्क्रमणको कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको पढाइलाई निरन्तरता दिइनेछ ।
अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेखीकरण कार्य विद्यालयले गर्ने शिक्षा तथा मानव विकास स्रोत केन्द्रले जनाएको छ ।
असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ ।
सरकारले जेठभित्र सबै कार्य पूरा गरी असार १ बाट नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने यस अघि नै निर्णय गरेको थियो ।
भौतिक उपस्थिति विना अध्ययन अध्यापन त्यति प्रभावकारी नभएको शिक्षाविदहरुको भनाइ छ । त्यसो त ग्रामीण भेगका कतिपय विद्यार्थी अझैपनि इन्टरनेटको पहूँचभन्दा बाहिर छन । उनीहरुको करिव डेढ बर्षको पढाइ छुटेको भएपनि वैकल्पिक उपायहरुको खोजि भएको छैन ।
शहरका विद्यार्थीहरको पढाइ भएपनि प्रभावकारी नभएको गुनासो स्वयं अभिभावकहरुले नै गर्दै आएका छन ।
0 Comments