गल्छी खबर जेठ २७। धादिङ जिल्ला गजुरी गा. पा.- ६ जहरेखेत स्थित पृथ्वीराजमार्गमा गजुरीबाट काठमाडौ तर्फ जादै गरेको बा ४ च २७९ नं.को कार र बिपरित दिशाबाट आउदै गरेको बा ३ ख ७३९३ नं.को टिफर एकआपसमा ठक्कर खादा कार चालक जिल्ला दोलखा मेलुङ गा.पा.- १० बस्ने प्रकाश अधिकारी उपचार क्रममा ०८:३० बजे मेडिसिटि अस्पताल काठमान्डौमा मृत्यु भएको छ। कारमा सवार जिल्ला तनहुं सुक्लागण्डकी न.पा. - ८ बस्ने बर्ष ४० को दिल ब.श्रेष्ठ घाईते भई स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौ तर्फ पठाएको छ भने टिफर चालक प्रहरी नियन्त्रणमा लिएकाे छ।
0 Comments