Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नुवाकोटको संगम साकोसद्वारा त्रिशुली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण




गल्छी खबर जेठ १६। नुवाकोटको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बट्टारले सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिशूली अस्पताललाई आईसियु बेड र  मोनिटर हस्तान्तरण गरेको छ ।

कोरोनाभाईरस (कोभिड –१९) को संक्रमणका कारण उपचारका लागि नुवाकोट ,रसुवा र धादिङबाट अस्पतालमा आउने विरामीको चाप बढ्दै गएपछि सहकारीले सामाजिक उतर दायित्ववोध गरि १/१ थान आईसियु बेड  र मोनिटर अस्पताललाई उपलव्ध गराएको हो ।
नेपाली इन ओक्यामा जापान संस्थाका संयोजक नवराज वस्नेत (वि न पा ९ ,हाल जापान) को अग्रसरतामा आँशिक आर्थिक सहयोग प्राप्त गरि संगम सहकारीको समेत आर्थिक सहयोगमा अर्को १/१ थान आईसियु बेड  र  मोनिटर समेत गरि २/२ थान उपकरण  जेष्ठ १६ गते आईतवार विहान  संस्थाका अध्यक्ष नारायण श्रेष्ठ र विदुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष शनि चित्रकारले  हस्पिटलका म्यानेजर रिकेश रानालाई हस्तान्तरणगर्नु भएको हो ।

हस्तान्तरण गरिएको २ वटा आईसियु बेड र मनिटरको मूल्य करिव रु. ६ लाख रहेको संस्थाका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

हस्पिटल म्यानेजर रानाले अस्पतालमा अहिलेको महामारीमा सुविधा प्रदान गर्न सहयोगी हुने भएकोले हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै हाल ६ आईसियु र ४ भेन्टीलेटर गरी १० बेड रहेकोमा अब देवी कोभिड उपचारको लागि आईसियु बेड १२ पुगेको जानकारी दिनुभयो ।

सहकारीले यसअघि बिरामी बोक्न आवश्यक पर्ने स्ट्रेचर र पानी शुद्धिकरण गर्ने उपकरण उपलब्ध गराएको थियो । गतवर्ष विदुर नगरपालिकाको कोरोना राहतकोषमा ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको थियो । जिल्ला सहकारी संघ र नुवाकोट वचत तथा ऋण सहकारी संघ ,नुवाकोटको राहतकोष खातामा समेत सहयोग गरेको संस्थाले जनाएको छ ।

 सहकारीका अवधारणा, सिद्धान्त, सहकारीका मूल्य मान्यता र सहकारी ऐन नियमावलीलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक, सामाजिक तथा विभिन्न क्षेत्रहरुमा कार्य गर्दै आईरहेको संस्थाका व्यवस्थापक अजयकुमार थापाले जानकारी दिनुभयो ।



Post a Comment

0 Comments