Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नुवाकोटको तारकेश्वर गाऊँपालिकाको कोरोनाका गम्भिर बिरामीलाई हेलिकप्टरबाट उद्धार गरिने

 गल्छी खबर जेठ २। तारकेश्वर गाऊँपालिका वडा नं २ का समाजसेवी तथा युवा नेता शिव अधिकारीको पहल नुवाकोटको तारकेश्वर गाउँपालिका विगत लामो समयदेखि विभिन्न प्राकृतिक विपत्तिमा  विकास निर्माणका काममा तथा गाउमै सुबिधा सम्पन्न अस्पताल खोलि सहयोग गर्ने कार्य गर्दै आउनुभएका छ। 

हाल विश्वमा फैलिएको कोभिड १९ गर्दा असर पारेको तारकेश्वर गाउँपालिकाको आठ वटै स्वास्थ्य चौकीबाट यही मंगलबारदेखि निःशुल्क औषधि वितरण गरिने भएको छ। आठ वटै स्वास्थ्य केन्द्रहरूबाट कोरोना संक्रमण भएका वा मिल्दोजुल्दो लक्षण देखिएका सबैलाई निः शुल्क औषधि वितरण गर्ने जनाइएको छ। 

यस्तै कोरोनाका गम्भिर बिरामीहरुलाई हेलिकोप्टरबाट निःशूल्क उद्धार गर्न समन्वयका लागि  स्थानीय समाजसेवी एवम् नेपाली


कांग्रेस नुवाकोटका युवा नेता अधिकारीले पहल गर्नु भएको छ । कोरोना संक्रमणबाट जोगिन मास्क, सेनिटाइजरको उचित प्रयोगसँगै अत्यावश्यक काम नपरी घर बाहिर नकिस्न आग्रह समेत गर्नुभएको छ

। पछिल्लो समय शिब अधिकारीले तारकेश्वरका सबै वडाहरूमा १० हजार भन्दा बढी मास्क र १ हजार भन्दा बढी बोतल सेनिटाइजर सहयोग गरिएको छ ।

Post a Comment

0 Comments