Breaking News

6/recent/ticker-posts

Header Ads Widget

कोभिडका कारण धादिङमा थप एकको मृत्यु हुदाँ आज १८५ जनामा कोरोना सङ्क्रमित थपिए


गल्छी खबर,१२ जेठ । धादिङ जिल्लामा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा नीलकण्ठ नगरपालिकाका ६३ बर्षीय पुरुषको मृत्यु भए सगै जिल्ला भर मृत्यु हुनेको संख्या ४४ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । मंगलबार पनि जिल्लाका तिन कोरोना संक्रमितको मृत्यु भएको थियो ।
धादिङको १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकामा १८ जना धुनीबेशी नगरपालिकामा ७ जना, गजुरी र सिद्धलेकका ४/४ जना, गंगाजमुनाका ३ जना, बेनिघाट रोराङ,त्रिपुरासुन्दरी र नेत्रावती डवजोङका २/२ जना, ज्वालामुखी र थाक्रे गाउँपालिकाका १/१ जनाको मृत्यु भएको छ।
आज जिल्लाभरमा निलकण्ठमा ३७, ज्वालामुखीमा ८०, त्रिपुरासुन्दरीमा ३, गंगाजमुनामा १७, थाक्रेमा ३६, धादिङ्ग अस्पतालमा १२ गरि आज जिल्लाको पोजिटिभ केश १८५ रहेको छ। आज  डिस्चार्ज हुनेको संख्या ३६ रहेको छ। 
जिल्ला भित्र ११५२ र जिल्ला बाहिर १२६ गरेर धादिङ्गको सक्रिय केश १२७८ पुगेको छ।  जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २८, संस्थागत आइसोलेसनमा २२ र होम आइसोलेसनमा ११०२ जना रहेका छन्।  त्यसै गरि जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १६ र होम आइसोलेसनमा ११० जना रहेका छन्। 
आज निलकण्ठमा ७८, गजुरीमा १० र थाक्रेमा २२ गरि जिल्लामा आज ११० स्वाब संकलन भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ। 

Post a Comment

0 Comments