गल्छी खबर बैशाख २३। नेपाल प्रेस युनियन धादिङ द्धारा क्रियाशील प्रत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ।
दैनिक संचारमाध्ययमा कार्यरत पत्रकारहरुको लागि मास्क, स्यानिटाइजर झोला सहितका
सामाग्री वितरण गरिएको हो । अघिल्लो चरणको कोरानाको महामारीका बेला पनि प्रेस युनियनले जिल्लाका क्रियाशिल संचारकर्मीहरुको लागि ब्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), मास्क स्यानिटाइजर लगायतका सुरक्षा सामाग्री वितरण गरेको प्रेस युनियन धादिङको अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिनुभयो छ।
0 Comments