गल्छी खबर जेठ २। हाल विश्वभरिनै महामारीको रूपमा फैलिएको कोभिड १९ का कारणहामी अहिले निषेधाज्ञामा छौ। तर हाम्रो गाउँ घरमा दिनानुदिन कोरोना सङ्क्रमितको सख्या वढ्दै गईरहेको छ भने धेरै जना बिरामी भएर पनि जचाउँन जानुभएको छैन। बिशेष गरी धेरै मानिसहरूको आवतजावत हुने गल्छी गाउँपालिकाको वडा नं ७ को गल्छी बजारमा कोरोना सङ्क्रमित बढ्दै गईरहेको छ।
हाल धादिङ जिल्लाको सक्रिय संक्रमितमा गल्छी गाउँपालिका दोस्रो रहेको छ अहिले हाम्रो पालिकामा सक्रिय संक्रमित १३९ र पालिका वाहिर ११ जना रहेको भने कोहीको नुवाकोटको त्रिशुली अस्पतालमा उपचार हुँदै छ।
बिशेष गरी धेरै जना मानिसहरुको आवतजावत हुने गल्छी बजारमा बिशेष सावधानी अपनाउनु जरुरी रहेको छ। अत्यावश्यक काम नपरि घर ननिस्कन तथा निस्कनै परे स्वास्थ्य मापदण्ड अपनाएर मात्र बाहिर निस्कन आग्रह गर्दछौं साथै यस विषयमा यहाँ न त सम्बन्धित स्थानीय सरकारले ध्यान दिएको न त स्थानीय प्रसासनले बेलैमा बिचार पुर्याउन र सहयोग गर्न हाम्रो यस गल्छी खबर टिम सम्बन्धित निकायलाई आग्रह गर्दछौं।
0 Comments