गल्छी खबर । वैशाख २८
विश्वव्यापी रुपमा फैलिएको नयाँ भ्यारियन्ट सहितको कोभिड-१९ कोरोना भाईरसको लहरले गल्छी गाउँपालिका पनि चपेटामा परेको छ।
यस गाउँपलिका भित्र अहिले सम्म भएको पि सि आर टेष्टमा १४७ जनामा कोरोना संक्रमण भईसकेकोले अत्यावश्यकबाहेक घर बाहिर ननिष्किन आग्रह गर्दै निष्कनै परे मास्क लगाउने, समय समयमा हात धुने र स्यानिटाईजर प्रयोग गर्ने सल्लाह दिईएको छ।
दीर्घ रोगीहरुले नियमित रूपमा सेवन गर्दै आइरहेका औषधी नपाए, घरमा बस्दा स्वास्थ्यमा समस्या आए वा आईसोलेसनमा बस्नु पर्ने भए विभिन्न वडामा रहेको स्वास्थ्य शाखामा वा गल्छी गाउँपालिकाका कर्मचारी शिव पौडेलसगं सम्पर्क गर्न भनिएको छ।
0 Comments