Breaking News

6/recent/ticker-posts

Header Ads Widget

धादिङका सुपरिवेक्षकहरुको एकमुस्ट निवेदन : कोरोना जोखिमको क्षतिपूर्ति माग

 गल्छी खबर। वैशाख १६ गते देखि जिल्ला जनगणना कार्यालय धादिङद्वारा सञ्चालन भईरहेको तालिममा सहभागी १२२ जना सुपरिवेक्षक रहेकोमा उपस्थितहरुले जिल्ला जनगणना अधिकृतलाई आफ्नो माग पूरा गर्न निवदन पेश गरेको छन्।




नेपाल सरकारको केन्द्रीय तथ्याङ्क विभागद्वारा सञ्चालित महाअभियान राष्ट्रिय जनगणना २०७८ धादिङका तालिममा सबै नगर तथा पालिकाबाट उपस्थित ११३ जना सुपरिवेक्षकहरुले राज्यबाट कोरोनाका विषयमा कुनै पनि चासो नभएको र यस्तो विषम परिस्थितिमा पनि सुपरिवेक्षकहरुको स्वास्थ्य सगं वेवास्ता गरेका कारण जनगणना कार्यालयले तोकेको क्षेत्रमा जान नसकिने जानकारी सहित निवेदन बुझाएका छन्। 

उनिहरुले कोरोना संक्रमण भएमा राज्यले दिने सेवा,सुबिधा वा क्षतिपुर्ती सम्बन्धमा केहि संयन्त्र ल्याउनुपर्ने माग राखेका छन् ।












Post a Comment

0 Comments