गल्छी खबर जेठ १४। जिल्ला प्रशासन कार्यालय धादिङ र घरेलु तथा साना उद्याेग विकास कार्यालय धादिङले बजार अनुगमनलाई निरन्तरता दिने क्रममा साजन तोरीको तेलको मूल्य तोकिएको MRP भन्दा बढ़ी लिएको,निषेधाज्ञाको समयमा मदिराजन्य पदार्थहरू बिक्री गरेको,तीन ओटा फर्महरू एकै स्थानमा संचालन गरेको,अनुमति नलिइ मदिरा बिक्री गरेको देखिएकोले गजुरी गाउँपालिकाको मलेखुस्थित रोनक सप्लायर्स (न्यू तारा स्टोर) लाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफ़ा ३९ बमोजिम रू. ५०
(पचास) हजार जरिवाना गरिएको छ ।
0 Comments