Breaking News

6/recent/ticker-posts

Header Ads Widget

धादिङमा निषेधाज्ञा थप कडाई साथ थपियो



 गल्छी खबर जेठ १४।आजको जिल्ला कोभिड व्यवस्थापन समितिको धादिङको  बैठकले गरेका मुख्य निर्णयहरु निषेधाज्ञालाई २०७८/०२/२२ राती १२ः०० बजेसम्म सम्म कायम राख्ने, निषेधाज्ञाको अवधीभर सुर्ति, चुरोट र मदिराजन्य उत्पादनहरु जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न र विक्रि वितरण गर्न रोक लगाउने, अत्यावश्यक सेवामा संलग्न हुने कर्मचारीलाई आइतवारदेखि विहिवारसम्म विहान ९ः०० देखि १०ः०० बजेसम्म र साँझ ५ः०० देखि ६ः०० बजेसम्म, शुक्रवार विहान ९ः०० देखि १०ः०० बजेसम्म र दिउँसो ३ः०० देखि ४ः०० बजेसम्म पोषक र परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न दिने, जिल्ला भित्रका बैंक तथा वित्तिय संस्थाहरु आलोपालो प्रणाली अनुसार न्युनतम कर्मचारी खटिइ, स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी गराई हप्ताको बढिमा २ दिन मात्र खोल्ने, बागमती प्रदेस सरकार मार्फत स्वास्थ्य कार्यालयमा उपलव्ध ४ हजार एन्टिजेन किट आवश्यकता र औचित्यका आधारमा स्थानीय तहलाई वितरण गर्ने, थप किट ल्याउन पहल गर्ने । नेपाल सरकार मन्त्री परिषदको २०७८/०२/१० को निर्णयानुसार कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ बमोजिम प्रमुख जिल्ला अधिकारीलाई कोभिड–१९ को प्रतिकार्य अधिकारी मुकरर गरिएको व्यहोरा जानकारी गराउने । उक्त अध्यादेसमा भएको निम्न व्यवस्थाको प्रभावकारी कार्यान्वयन गराउने ।




क) कसैले उक्त अध्यादेश बमोजिमको काम गर्न वाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने ।

ख) कसैले उक्त अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजायँ गर्ने ।

जरिवाना गर्न सक्ने

१.कुनै व्यक्तिले उलंघल गरेमा १ लाखसम्म र संस्थाले गरेमा ५ लाखसम्म

२.मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एकसय रुपैयाँ

३.मानिसको आवतजावतमा रोक लगाएको वा नियन्त्रण गरिएको अवस्थामा सो को उलंघन गर्नेलाई पटकैपिच्छे दुईसय रुपैयाँ

४.सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमतिविना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा विरामी ओसारपसार गर्ने अवस्था बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे २ पांग्रे सवारी साधन भए २ हजार रुपैयाँ र अन्य सवारी साधन भए पाँचहजार रुपैयाँ । यस अनुसारका सवारी साधन सुरक्षाकर्मीले निह्चित समयसम्म नियन्त्रणमा लिने भएको छ। 

Post a Comment

0 Comments