गल्छी खबर आज शनिबार सिद्धलेक गा. पा.को आदमटार खेलमैदानमा भएको आदमटार स्पोर्टस क्लव र बैरेनी युवा समुह, गल्छी बिच भएको मैत्रिपुर्ण फुटबल प्रतियोगिता ४-० गोलको अन्तरले बैरेनिले जितेको छ ।
खेलको पहिलो हाल्फको अन्तिम मिनेटमा बैरेनिका तर्फ बाट लानिङ तामाङ्ले एक गोल गरी टिमलाई अग्रता दिलाएका थिए भने खेलको दोस्रो हाल्फको केहि मिनेटमै मनोज बिकले गोल गरी अग्रतालाई दोब्बर गरेका थिए । खेलमा पकड जमाएको बैरेनी टिमलाई कुनै गोल गर्न नसकिरहेको बेला थप एक गोल गर्दै रन्जित नेपालले जितलाई सुन्निचित धकलेका थिए भने अन्तिम समयमा बिमलले अर्को एक गोल गर्दै बैरेनी समुह आजको मैत्री पूर्ण खेल जित्न सफल भएको छ । बिगत लामो समयको अन्तर पछी फुटबल खेललाई पुन: निरन्तरता दिनको लागि बैरेनी युवा समुहबाट सन्दिप घिमिरे, सुमन महर्जन र जितेन्द्र श्रेष्ठले जिम्मेवारी लिदै आएका छन ।
0 Comments