गल्छी खबर आज शनिबार बेलकोटगढी न. पा.को केउरेनी स्थित खेलमैदानमा गल्छीका पूर्व खेलाडी र नयाँ खेलाडी बिच भएको मैत्रिपुर्ण फुटबल प्रतियोगिता ३-१ गोलको अन्तरलेे नयाँ खेलाडीहरुले जितेको छ ।
खेलको पहिलो हाल्फको १५ मिनेटमा नयाँ खेलाडीका तर्फबाट रन्जित नेपालले गोल गरी टिमलाई अग्रता दिलाएका थिए भने त्यसको केहि मिनेटमै पूर्वी खेलाडी हाल नयाँ खेलाडीलाई कोच गराईरहेका सुमन महर्जनले गोल गरी खेललाई बराबर गरेका थिए ।
१०/१२ वर्ष लामो समयको अन्तरालपछि फिल्डमा आएका नयाँ टिमका म्यानेजर र कोच सहितका पूर्वी खेलाडीलाई ठूलै कसरतको बाबजुद दोस्रो हाल्फको २५ मिनेटमा अमित तामाङले गोल गर्दै नयाँ टिमलाई पूनः अग्रता दिलाएका थिए । अन्तिम समयमा मनोज वि. क. ले अर्को एक गोल गर्दै गल्छीका नयाँ खेलाडीको टिम आजको मैत्री पूर्ण खेल जित्न सफल भएको छ । बिगत लामो समयको अन्तर पछी फुटबल खेललाई पुन: निरन्तरता दिनको लागि बैरेनी युवा समूह र गल्छी गाउँपालिकाको सहयोगमा सन्दिप घिमिरेले टिमलाई म्यानेज गर्दै, सुमन महर्जन र जितेन्द्र श्रेष्ठले कोच गर्दै नयाँ टिम जन्माएका छन् । गल्छी गाउँपालिकाबाट नयाँ खेलाडीलाई हौसला प्रदान गर्नको निम्ति दर्शकहरुले ठूलै भूमिका निर्वाह गरेका थिए।
0 Comments