धादिङ फागुन २० । जिल्ला समन्वय समिति धादिङको आयोजना हुने अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता उद्घाटन गर्न फागुन २१ गते राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल धादिङ आउनुहुने भएको छ ।
गंगाजमुना गाउँपालिका बाहेक धादिङका १२ पालिकाले भाग लिएको उक्त प्रतियोगिता नीलकण्ठ नगरपालिका १ स्थित खाल्टे पात्लेमा फागुन २५ गते सम्म चल्ने छ ।
प्रतियोगितामा प्रथम पुरस्कार स्वरुप नगद १ लाख, द्धितिय पुरस्कार ५० हजार र सान्त्वना हुने दुई टिमलाई १५-१५ हजा सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
जिल्ला समन्वय समिति धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिका वडा नम्बर १ मा रहेको बुद्धभूमी युवा समाजको स्थानीय व्यवस्थापनमा उक्त प्रतियोगिता हुनलागेको हो ।
0 Comments