Breaking News

6/recent/ticker-posts

Header Ads Widget

• घरमा मार्बल लगाउने कि ग्रेनाइट ? जान्नुहोस् कलर र साइनिङ अनुसार मूल्य


गल्छी खबर: जतिसुकै विशाल घर ठड्याए पनि राम्रो फिनिसिङ गर्न सकिएन भने घर आकर्षक देखिदैन । घर आकर्षक बनाउन भित्ता तथा सिलिङमा राम्रो कलर र भुइँमा पार्केटिङ गरेर मात्र पुग्दैन । घरको किचन, प्यासेज र भर्‍याङमा आकर्षक मार्बल वा ग्रेनाइट राखेपछि बल्ल घर सुन्दर बन्छ ।

• नेपालमा इन्डियाको राजस्थानबाट मार्बल र ग्रेनाइट आउँछ । अलि महंगो मार्बल खोज्नेले इटालियन मार्बल लगाउन सक्छन् । टंकेश्वर टायल एण्ड मार्बल हाउस गल्छीका अनुसार इटालीबाटै पनी मार्बल आउने गर्छ । इटालियन मार्बल इन्डियन ग्रेनाइट र मार्बलभन्दा महंगो पर्छ ।

• मार्बलको तुलनामा ग्रेनाइट अलि महंगो हुन्छ । र, ग्रेनाइट अलि बलियो पनि हुन्छ । आर्थिक क्षमताले भ्याए ग्रेनाइट लगाउन पनि सकिन्छ । नत्र मार्बल पनि बलियो र आकर्षक नै देखिन्छ

• मार्बल र ग्रेनाइटमा के फरक छ ?

• मार्बल र ग्रेनाइट दुबै ढुंगा हुन् । मार्बल र ग्रेनाइटमा ‘हार्डनेस’, बुट्टा र मूल्यमा फरक हुन्छ । ग्रेनाइट अलि बलियो र बुट्टा पनि आकर्षक हुन्छन् । र, मूल्य पनि अलि बढी नै पर्न जान्छ । मार्बलको साइज अलि ठूलो हुन्छ । ग्रेनाइटको सानो हुन्छ । ग्रेनाइट पोलिस भएर आउँछ । तर, मार्बल पोलिस भएर आउँदैन ।

• मूल्य कति ?

• ग्रेनाइटको तुलामा मार्बल अलि सस्तो हुन्छ । दुबैको कलर, बुट्टा र साइनिङ अनुसार मूल्य फरक पर्ने हो । बढी कलरफुल, बुट्टेदार र साइनिङ आउने मार्बल र ग्रेनाइटको मूल्य बढी पर्न जान्छ टंकेश्वर टायल एण्ड मार्बलमार्बल हाउस गल्छी को अनुसार मार्बलको तुलनामा ग्रेनाइटमा बढी साइनिङ आउँछ ।

• बजारमा मार्बलको प्रतिबर्गफिट १५० देखि ४००० रुपैयाँसम्म पर्छ । यसको साइजमा नभएर कलर र साइनिङले मूल्यमा फरक पार्ने टंकेश्वर टायल एण्ड मार्बलमार्बल हाउस गल्छी काअनुसार मार्बल १२/१३ एमएम मोटाईमा पाइन्छ । कम्पनीका अनुसार उपभोक्ताले सबैभन्दा बढी खरिद गर्ने १५० देखि २५० सम्मको मार्बल हो ।

• ग्रेनाइटको मूल्य प्रतिबर्गफिट २ सयदेखि ५ हजारसम्म पर्छ । यसमा पनि सबैभन्दा बढी बिक्री हुने भनेको २०० देखि ५०० मूल्यसम्मको हो । ग्रेनाइट १७/१८ एमएम मोटाईमा उपलब्ध हुन्छ ।

• अलि महंगो खोज्नेका लागि इटालियन मार्बल पनि उपलब्ध छ । यो मार्बल तारे होटल, ठूला कर्पोरेट अफिसमा बढी प्रयोग हुन्छ । यसको मूल्य प्रतिबर्गफिट ७५० देखि १०००० सम्म पर्ने बताइन्छ । इटालियन मार्बलमा साइनिङ बढी हुन्छ ।

• ग्रेनाइट किचनको टप, काउन्टर र भर्‍याङमा बढी प्रयोग हुन्छ । मार्बल प्रायः भर्‍याङमा मात्र प्रयोग गरेको देखिन्छ ।

• सस्तो मार्बल र ग्रेनाइट पनि गुणस्तरीय

• मार्बल र ग्रेनाइट एउटै क्वालिटीको हून्छ ।


टंकेश्वर टायल एण्ड मार्बल हाउसका अनुसार मार्बल ग्रेनाइटको मूल्यमा फरक पार्ने कलर र साइनिङले हो । कतै तपाईंलाई कम मूल्यको मार्बल प्रयोग गर्दा कम गुणस्तरको पर्ने हो कि भनेर चिन्ता लिइरहन पर्दैन । तपाईंसँग बजेट भएको खण्डमा बढी मूल्य तिरेर चहकिलो मार्बल वा ग्रेनाइट किन्न सक्नुहुन्छ ।

• अहिले बजारमा ८/१० थरी मार्बल पाइन्छ भने ग्रेनाइट ५०/६० थरी हुन्छ । दुबैको कलर, बुट्टा र साइनिङले प्रकार छुट्याउने कम्पनीका संचालक बताउँछन् ।

• कहाँ कहाँ पाइन्छ मार्बल र ग्रेनाइट


धादीङमा विगत १५ वर्ष देखी हार्डवेयर संचालन गरी रहेको टंकेश्वर परिवारले विगत २ वर्ष देखी टायल, मार्बल को पनी गल्छी र नौविसे बाट सेवा बिस्तार गरीरहेको छ।

यदी तपाईहरु लाई पनी आवश्यक भयमा तलको संपर्क नंबरमा संपर्क गर्न सक्नुहुन्छ

९८५१०१७७४८


९८६९२४४२४६


०१०४०१२०६

Post a Comment

0 Comments