काठमाडौं । राजधानीको नयाँबजारमा रहेको आधारशीला कलेजले व्यवहारिक शिक्षा र समाज सेवा विषय (Bsw अध्ययन गर्ने विद्यार्थीहरु मध्ये २० जनालाई छात्रवृत्ति दिने भएको छ । कलेजले शनिबार राजधानीको नयाँबजारस्थित सगुन क्याफेमा आयोजना गरेको व्यवहारिक शिक्षा र समाजसेवा विषयक अन्तरक्रिया कार्यक्रममा कलेजका अध्यक्षा भोलानाथ ढकालले मुलुकभरबाट राजधानी आएर अध्ययन गर्ने, गरिब, जेहेन्दार र दलित जनजाति मध्येबाट २० जनलाई विद्यार्थीलार्य यसै शैक्षिकसत्रबाट छात्रवृत्ति दिने निर्णय गरिएको जानकारी दिनुभयो । कार्यक्रममा कलेजका तर्फबाट कार्यपत्र पेश गर्दै अध्यक्ष ढकालले श्रम, रोजगारी र गुणस्तरीय शिक्षाका लागि युवाहरु विदेश पलायन हुने क्रम बढिररहेको र मुलुकभित्र उत्पादनशील क्षेत्रमा काम गर्ने श्रम शक्ति समेत घटदै गएको अवस्थामा शिक्षालाई व्यवहारिक रुपमा ढाल्नका लागि पनि व्यवहारिक शिक्षाकोे महत्व बढ्दै गएको प्रष्ट पार्नुभयो । पछिल्लो समय शिक्षालाई गुणस्तरियतासँग जोडिएको अवस्थामा समाजलाई चिन्ने खालको शिक्षा आवश्यक भएको हनाले राज्यले नै यसतर्फ विद्यार्थीहरुको आकर्षण बढाउदै लैजाने वातावरण सिर्जना गर्नुपर्नेमा पनि जोड दिनुभयो । व्यवहारिक शिक्षा बाट नै मुलुकको विकास र समृद्धिको यात्रामा अगाडि बढ्न सकिने भन्दै यसका यसका लागि विद्यार्थी र अभिभावकबाट पनि चासो देखाउनुपर्ने भन्दै ढकालले आफ्नो कार्यपत्रमा उल्लेख गर्नुभएको छ । कार्यक्रमा आधारशिला कलेजका प्राचार्य राजेन्द्र ढकालले आफुहरुले आफ्नो क्षमताले भ्याएसम्म शिक्षालाई सामािजक रुपमा समेत अघि बढाएको भन्दै त्यसै आधारमा (द्यक्ध् का २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिने निर्णय गरिएको जानकारी दिनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह प्राधापक चुढा ढकालले अबको शिक्षा समाजलाई सहि रुपमा चिन्न सक्ने शिक्षा आवश्यकता भएका् हुनाले व्यवहारिक शिक्षा र समाजसेवाले त्यसलाई पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाले आधाशीला कलेजजले त्यसलाई आधार बनाएर विद्यार्थीहरुलाई २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिने निर्णय गर्नु प्रशंसायोग्य रहेको बताउनुभयो । कार्यक्तममा पत्रकार तथा समाजसेवी शुकदेव दाहालले राज्यका तर्फबाट गरिनु पर्ने यसता छलफल र बहस एउटा समान्य कलेजले आयोजना गरेर समाज र राष्ट्लाई यसतर्फ अघि बढ्नका गरेको प्रयास अत्यन्त सकारात्मक भएको टिप्पणी गद अब यस्ता छलफल र बहस गाउँगाउँसम्म लेजानुपर्ने बताउनुभयो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले सरकारी स्वामित्वको स्कुलमा समेत शिक्षा निजीकरण भएकोमा त्यसको कडा विरोध गर्नुभयो । देशको सबैभन्दा पुरानो जेठो त्रिभुवन विश्वविद्यालयले नै शैक्षिक उत्तरदायित्व बहन गर्न नसकेको बताउँदै उहाँले आधारशिला कलेजले व्यावहारिक शिक्षा र समाजसेवाबारे यस खालको कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।डा. चूडा ढकालको सहजीकरण तथा विष्णु देवकोटाको सञ्चालनमा उक्त कार्यक्रम अगाडि बढेको थियो । प्रमुख अतिथि र अतिथिलाई औपचारिक आसन ग्रहण नगराएरै सम्पन्न भएको सो कार्यक्रममा सहभागीमध्येबाट प्रकाश कुँवर, श्रीकृष्ण न्यौपाने, मुक्ति पोख्रेल, रामचन्द्र पोख्रेल, वैरागी जेठा, अब्वल ढकाल,,सुमन थापा, तिलकप्रसाद लुइँटेल, प्रदीप लुइँटेल, वेदप्रसाद पौडेल, चन्द्रप्रकाश, सुनिता शाह, छविलाल देवकोटा र कमला नेपालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शिक्षाक्षेत्रसँग आवद्ध रहेका बुद्धिजीबीहरुको सहभागिता रहेको थियो । राजधानीको नयाँत्रबजारमा रहेको उक्त कलेजसँगै अक्सर्फोड विद्यालयका रुपमा स्नातकतहसम्म अध्ययन गराउँदै आएको छ । शिक्षा क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरुबाट सञ्चालित उक्त कलेज र विद्यालयमा झण्डै १५ सय विद्यार्थीहरु अध्ययनरत रहँदै आएका छन् ।
0 Comments