गल्छी माघ २२ । काठमाडौंको नाराहिटी अगाडी नेकपा बागमती प्रदेशले भोली गर्न लागेको आमसभामा धादिङबेसी र राजमार्ग क्षेत्रबाट जनता सहभागिता गराउने अन्तिम तयारी गरिएको जिल्ला अध्यक्ष भुमि त्रिपाठीले गल्छी खबरलाई बताउनु भयो ।
जिल्लामा हामी बलियो छौं, केहि डेट एक्स्पायर नेताहरु बाहिरिए उनीहरु सँग केहि कार्यकर्ता गए होलान् तर जनता हामी सँग छन् ।हामी चुनाव जित्ने तागतमा यतै छौं । हामीलाई कमजोर सोच्नेहरुले हेरुन् भोली हामी १०० बस १०० वटा सानागाडी र ५०० वटा मोटरसाईकलमा काठमाडौमा हुने कार्यक्रममा सहभागि गराउँछौं ।
0 Comments