नुवाकोट । झिल्टुङ्ग क्रसकन्ट्री दौडको पाँचौ संस्करण सम्पन्न भएको छ । नुवाकोटको वेलकोटगढी वडा नम्बर ५ को आयोजना तथा काठमाडौं एथलेटिक्स संघको प्राविधिक सहयोगमा सञ्चालन भएको दौड नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन भएको हो । लगभग २०० प्रतियोगीले भाग लिएको यस प्रतियोगितामा खुल्ला दौड तर्फ १३.४ कि. मि.को दौडमा पुरुष विजेता सुमन कुलुङलाई २० हजार तथा महिला विजेता हुमी बुढा मगरलाई १५ हजार, दोस्रो हुने श्रीकाश राइ र बन्दना राइलाई समान १० हजार र तेस्रो हुने राजेन्द्र तमाङ र आशा रावतलाई समान ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । स्थानीय बेलकोटगढी नगरपालिका भित्रका पुरुष धावक प्रथम प्रज्वल लामिछने, दोस्रो नबिन भण्डारी र तृतीय हुने दिनेश भण्डारीलाई समेत क्रमस: १५ हजार, १० हजार र ५ हजार पुरस्कारको ब्यवस्था गरिएको थियो ।
प्रतियोगितामा रन फर फन तर्फको ४.५ कि. मि. दौडमा १६ बर्ष मुनीका पुरुष धावक प्रथम दिनेश नेपाल, दोस्रो शिशिर तमाङ र तृतीय हुने अनिश भण्डारीलाई क्रमस: ५ हजार, ३ हजार र २ हजार त्यसैगरी महिला धावक प्रथम दिपशिखा राइ, दोस्रो अस्मिता दुवाल र तृतीय हुने सपना श्रेष्ठलाई क्रमस: ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतियोगितामा रन फर फन तर्फको ४.५ कि. मि. दौडमा १९ बर्ष मुनीका पुरुष धावक प्रथम विश्व राम कुवर, दोस्रो उदय लिम्बु र तृतीय हुने प्रविन ताछिङलाई क्रमस: ५ हजार, ३ हजार र २ हजार त्यसैगरी महिला धावक प्रथम सरस्वती बोहोरा, दोस्रो रेस्टिना सितिक र तृतीय हुने अन्जु खड्कालाई क्रमस: ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतियोगितामा रन फर फन तर्फको ४.५ कि. मि. दौडमा आमा समुहले पनि भाग लिगेका थिए । आमा समुह धावक प्रथम सन्तुमाया श्रेष्ठ, दोस्रो बिमला श्रेष्ठ र तृतीय हुने कल्पना श्रेष्ठलाई क्रमस: १० हजार, ६ हजार र ४ हजार रुपैयाँ प्रदान गरिएको थियो भने सुनिता श्रेष्ठ, राममाया श्रेष्ठ, बिमला श्रेष्ठ, गीता भुजेल, बिन्दा नेपाल र राधिका नेपाललाई पनि सान्त्वना स्वरुप रु १००० पुरस्कारको ब्यवस्था गरिएको थियो ।
0 Comments