Breaking News

6/recent/ticker-posts

Header Ads Widget

वार्षिक २५ हजार टन विद्युतीय फोहोर

 ३ माघ, काठमाडौं । नेपालमा वर्षमा २५ हजार टन विद्युतीय फोहोर उत्पादन हुने गरेको देखिएको छ । एक अध्ययन अनुसार दिनमा ३५ सय टन विद्युतीय फोहोर उत्पादन हुने गरेको हो ।

काठमाडौं उपत्यकामा विद्युतीय फोहोरहरुमा पुरना र बिग्रिएका सीआरटी डेस्कटप, सीआरटी टेलिभिजन, वासिङ मसिन, ल्यापटप, एलसीडी टेलिभिजन र मोबइल, ब्याट्री टेलिफोन, बजुलीको फ्युजजस्ता समाग्रीको बाहुल्यता हुने गरेको नेपाल विज्ञान प्रविधि प्रतिष्ठानसमेतको सहभागितामा भएको एक अध्ययनले देखाएको हो । अब विस्तारै अहिले प्रयोगमा रहेका अन्य उपकरणहरू पनि यस्ता फोहोरका रूपमा देखिन थालेका छन् ।



औद्योगिक तथा घरेलु फोहोरकै व्यवस्थापन हुन नकसकेको नेपालमा विद्युतीय फोहोरको जोखिम झन् चनौतीपूर्ण देखिएको विज्ञहरु बताउँछन् । विद्युतीय सामग्रीको बढ्दो उपयोग र त्यसको उचित व्यवस्थापन नहुँदा जोखिम बढ्दै गएको विद्युतीय फोहोर सम्बन्धी अनुसन्धानकर्ता त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक डा. ज्योति गिरी बताउँछिन् ।

Post a Comment

0 Comments