Breaking News

6/recent/ticker-posts

Header Ads Widget

साँच्चै लाठी खान मन छ: प्रचण्ड

 नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक आफूलाई लाठी खान मन लागेको बताएका छन्।

किन किन टाउको चिलाएको छ भन्दै उनले लाठी खान मन भएको उल्लेख गरेका छन्।

प्रज्ञा भवनमा आफूपक्षका नेता/कार्यकर्ता उपस्थित आजको भेलामा बोलेका प्रचण्डले भने, ‘मलाई किन किन टाउको चिलाएको छ, लाठी खान मन छ योपटक। साँच्चै हो।’



उनले माघ ९ गते जनप्रदर्शनमा आफू अग्रभागमा उभिने पनि बताएका छन्।

‘तपाईंहरू पछाडि र म अगाडि बसेर माघ ९ मा प्रदर्शन हुन्छ,’ उनले भने, ‘युवाको काँधमा ठूलो जिम्मेवारी छ। ठूलो षड्यन्त्र हुँदैछ, रोक्नुछ।’

उनले युवा र विद्यार्थीलाई बाघ र सिंहजस्तो गर्जन भनेका छन्। प्रतिक्रान्तिकारीका मुटु हल्लिने गरी आफूहरूले आन्दोलन गर्ने पनि उनले बताएका छन्।

उनले गिरिजाप्रसाद कोइराला, माधव नेपाल र झलनाथ खनालहरूले विगतमा लाठी खाएजस्तै आफूलाई पनि लाठी खान मन लागेको बताएका थिए।

Post a Comment

0 Comments