मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)मा प्रहरी र विद्यार्थीबीच झडप हुँदा ३ जना विद्यार्थी घाइते भएका छन् । परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग विद्यार्थीको छलफलका क्रममा विवाद हुँदा स्थिति नियन्त्रणमा लिदा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
झडपमा स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्षमण बोगटीलाई गोली लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
0 Comments