माधब-प्रचण्ड समुहमा:-
पुर्वमन्त्रीहरु गंगालाल तुलाधर, राजेन्द्र पाण्डे, कल्पना धमला, बागमती प्रदेशका कानुन मन्त्री शालिकराम जम्कट्टेल प्रष्ट रुपमा प्रचण्ड नेपाल समुहमा देखिएका छन् । यस्तै मोहन कार्की, गुरु बुर्लाकोटी, रामबहादुर भण्डारी, प्रदेश सांसद जगत सिंखडा र जिल्ला सचिव विजय बुर्लाकोटी प्रचण्ड नेपाल समुह देखिएका छन् ।
ओलि समुहमा:-
योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेल, बिघटित संघीय सांसदहरु खेम प्रसाल लोहनी, भुमी त्रिपाठी, जिल्ला अध्यक्ष नेत्र पौडेल, जिल्ला समन्वय समितिका प्रमुख जगननाथ नेपाल, सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेम सिलवाल, ज्वालामुखि गाउँपालिकाका उपप्रमुख जानुका सिंखडा ओली समुहमा लागेका छन् ।
नेता बामदेव गौतम निकट मानिनु हुने प्रदेश सांसद डा.रामुकमार अधिकारी भने अहिले यी दुबै समुहमा देखिएका छैनन् ।
गाउँपालिका अध्यक्षहरु को कता ?
प्रचण्ड-नेपाल समुह तर्फ
१. बेनीघाट रोराङ प्रमुख हरि डल्लाकोटी प्रमुख
२. धुनीबेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य
३. गल्छी गाउँपालिका प्रमुख कृष्णहरी श्रेष्ठ
४. त्रीपुरासुन्दरी गाउँपालिका प्रमुख शम्भु कुमार
केपी ओली समुह तर्फ
१. गजुरी गाउँपालिका प्रमुख राजेन्द्र विक्रम बस्नेत
२. थाँक्रे गाउँपालिका प्रमुख रामकुमार आचार्य
३. सिद्धलेक गाउँपालिका प्रमुख प्रेमनाथ सिलवाल
४. नेत्रावती डब्जोङ गाउँपालिका प्रमुख दुर्गाकुमार शाक्य
५. गंगा जमुना गाउँपालिका प्रमुख बल बहादुर अधिकारी
0 Comments