Breaking News

6/recent/ticker-posts

Header Ads Widget

राष्ट्रपति माथि ४ लाख रुपैयाँ जरिवाना

कानुन सबैलाई समानरुपमा लागू हुनुपर्दछ । ठूलालाई चैन, सानालाई ऐन हुने हाम्रो देशमा यो कुरा लागू नहुन सक्छ । तर दक्षिण अमेरिकी मुलुक चिलीका राष्ट्रपतिले भने कोरोनाको बेला सानो एउटा नियम तोडेका कारण ठूलो जरिवाना तिर्नुपरेको छ ।

कोरोना भाइरस महामारीका बेला मास्क लगाउनुपर्ने नियम विपरीत समुद्री तटमा बाहिरी मानिसहरुसँग मास्क नलगाइकन सेल्फी खिचेको अभियोगमा चिलीका राष्ट्रपति सेबास्टियन पिनोरामाथि सरकारले ३५ सय डलर अर्थात् झण्डै ४ लाख रुपैयाँ बराबरको रकम जरिवाना गरेको हो ।


Post a Comment

0 Comments