धनगढी, ९ पुस/ दारी ग्याङले सित लहर र चिसोलाई मध्यनजर गर्दै NO SHAVE NOVEMBER अन्तर्गत जम्मा भएको र आकस्मिक फन्ड मा रहेको केही रकम गरि मिति २०७७ साल पौष ९ गतेका दिन दारी ग्याङ कोरियाको पहलमा दारी ग्याङ धनगढीसङ्ग समन्वय गरि गौरीगंगा नगरपालिका वडा नम्बर ४ का ४५ घरपरिवारलाई न्यानो लुगा र खाद्यन्न वितरण गरेको छ ।
गौरीगंगा वडा नम्बर ४ मा रहेका खल्ला शिबिर, राधाकृष्ण शिबिर, सुगरखाल शिबिर, सिमलपुर शिबिरमा रहेका अति बिपन्न परिवार अन्तर्गत एकल महिला, बृद्धबृद्धा तथा अपागंता भएका ४५ घरपरिवारलाई न्यानो कम्बल , चिनी, नुन र चियापत्ती बितरण गरियो । वितरण कार्यक्रममा गौरीगंगा नगरपालिकाका वडा सदस्य टेकराज ढुगाना, समाजसेवी सिपी सापकोटा लगायत दारी ग्याङ धनगढीका सदस्यहरुको सहभागीता रहेको थियो ।
शिबिरमा रहेका अति बिपन्न परिवार अन्तर्गत एकल महिला, बृद्धबृद्धा तथा अपागंता भएका व्यक्तिहरुलाई बितरण गरिएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए । उनले भने–‘तराईमा सित लहर र जाडो बढ्दै गएको छ, विपन्न परिवारलाई केही राहात होस् भन्ने उद्दश्यले न्यानो वितरण गरेका हौं ।’
न्यायो लुगा र राहत पाएपछि विपन्न परिवारका महिला, बृद्धबृद्धा तथा अपागंता भएका व्यक्तिहरु खुशी भएका छन् । राहत पाएका धन बहादुर बिक र बजारी चौधरीले राहत पाएकोमा निकै खुसी व्यक्त गरे । चिसोले निकै गाह्रो भईरहेको थियो उनिहरुले भने राहतले अब चिसोमा निकै राहत महसुस भएको छ ।
वितरण कार्यक्रममा गौरीगंगा नगरपालिकाका वडा सदस्य टेकराज ढुगाना, समाजसेवी सिपी सापकोटा लगायत दारी ग्याङ धनगढीका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन दारी ग्याङ धनगढीका सदस्य नरेन्द्र बोहराले गरेका थिए ।
दिरी ग्याङ धनगढीले विभिन्न समयमा समाजिक कार्यहरु गर्दै आएको छ ।
0 Comments