Breaking News

6/recent/ticker-posts

Header Ads Widget

राजनेता ज्यू, तपाईं त किन आत्तिनु र ! आत्तिने त बलात्कृत हुनेहरू पाे हाे

✍ दिपीका तिमल्सिना

अधिकांश महिला तथा स-साना नानीहरू आफ्नै घर परिवेश, छरछिमेक तथा विद्यालयका शिक्षकहरूबाट पीडित छन् । दिनानुदिन यौनजन्य दुर्व्यवहार तथा बलात्कारका घटना बढेको देख्दा यस धर्तीमा हामी जो छोरीको पहिचान लिएर जन्मियौँ, लाग्छ- आमाको गर्भभित्र मात्र सुरक्षित छाैं । गर्भबाट बाहिर निस्किएपछि हामीलाई यस धर्तीमा कुनै ठाउँमा पनि सुरक्षा छैन ।



नेपालको परिवेशमा हेर्दा दैनिक ७ जना महिला बलात्कृत हुँदारहेछन् । यही बलात्कारको विषयमा हाम्रा राजनेता ज्यू खुब गौरवका साथ भन्नुहुन्छ- 'अझै आत्तिनुपर्ने अवस्था छैन ।'

राजनेता ज्यू तपाईं त किन आत्तिनुपर्थ्यो र ! आत्तिनु त उसैलाई पर्छ, जो नानीहरू अझै आमाको स्तनपान गर्दै आमाको काखमा लडिबुडी खेल्ने उमेरमा बलात्कृत हुनुपरेको छ ।

हुन त मैले यसो भन्न मिल्दैन होला । तर पनि उदाहरणकै लागि भए पनि हिम्मत गरेर भन्दै छु- एकपटक राजनेताकी छोरी वा श्रीमती वा काेही परिवारकाे सदस्य बलात्कृत भएमा थाहा हुन्छ आत्तिनु पर्ने कि नपर्ने । 

दिनानुदिन बलात्कार र याैन दुर्व्यवहारकाे समाचार सुनिरहँदा मन असाध्यै चिसो भएर आउँछ । यहाँ महिलालाई सुरक्षित ठाउँ छैन । न ७० वर्षीय आमालाई छुट छ, न ७ महिने बालिकालाई । न त १७ वर्षीया किशोरीलाई नै छुट छ ।

छोटो कपडाले बलात्कारको केस बढायो रे ! ए बाबा, ७० वर्षकी आमा र ७ महिने बालिकाले उत्तेजना बढाउने, आकर्षक कपडा लगाएका होलान् र ?

बझाङकी १२ वर्षीया सम्झना कामी होस् या सप्तरीकी १७ वर्षकी संगीता मण्डल । अथवा कञ्चनपुरकी निर्मला पन्त । उनीहरूको जीवन सिध्याउने दोषी अझै पत्ता लागेका छैनन् । उनीहरूको मृत शरीरले शान्ति पाएको छैन । सडक तात्छ तर बिडम्बना सदन कहिल्यै तातेन।

सदनमा बलात्कारकाे कुरा उठिहाले पनि याे देशका राजनेता अलिकति पनि शरम नमानी भन्छन्, ‘विश्व परिवेशमा हेर्दा चिन्तित हुनुपर्ने अवस्था छैन ।’

हो ठिकै भन्नुभयाे राजनेता ज्यू । तपाईं ठूलो नेता हौ । मन्त्री हाे । तपाईंकाे वरिपरि अंगरक्षक हुन्छन् । तपाईं महलमा बस्नुहुन्छ । तपाईंकाे घरपरिवारका महिलाले यस्तो समस्या भोग्नुपरेको छैन । तर यहाँ सबै तपाईं जस्ता कहाँ छन र ? गरिब जनता हामी, अशिक्षित समाज, गिद्धे पुरुषले बास गर्ने ठाउँमा बसेका हरेक हिसाबले पिछडिएको वर्ग हौँ हामी ।

घरबाट बजार निस्केकी छोरी भरे सुरक्षित फर्किन्छे कि फर्किन्न ? गोठालो गएकी छोरी सुरक्षित फर्किन्छे कि फर्किन्न ? साथीसँग खेल्न गएकी ३-४ वर्षकी सानी छोरी सुरक्षित फर्किन्छे कि फर्किन्न ? र त्यति मात्र नभएर विद्यालयमा गएकी छोरी सुरक्षित आउँछे कि आउँदिन ? यही कुराले छोरी घर नफर्कुन्जेल पिरोल्छ आमाबाबुलाई ।

यस वर्ष तथ्यांक आउन बाँकी रहेकाले मैले गत वर्षको तथ्यांक हेरेकी थिएँ । आर्थिक वर्ष २०७५/०७६ लाई हेर्दा २ हजार २ सय ३३ जना महिला बलात्कृत भएका रहेछन् । दर्ता भएका त यति रहेछन भने दर्ता हुन बाँकी, भित्रभित्रै लुकाइएका घटना अझै कति होलान् कति ?

बलात्कारी पुरुषकाे लिंगछेदन गर्ने वा मृत्युदण्ड दिने प्रस्ताव धेरै सुनेँ । तर मलाई लाग्छ- सबै केसमा पुरुष मात्र दोषी हुँदैन । पुरुषलाई बलात्कार गर्ने महिला पनि हुन सक्छन्, त्यतिबेला चाहिँ त्यो महिलाको के छेदन गर्ने होला ? मलाइ जहाँसम्म लाग्छ- कसैको बाँच्न पाउने अधिकार हनन् गर्दै मृत्युदण्ड जस्तो सजाय त्यति उपयुक्त हुँदैन । यसको मतलब अपराधीलाई छुट दिने भनेको पटक्कै होइन ।

बलात्कारी पुरुषकाे लिंगछेदन गर्ने वा मृत्युदण्ड दिने प्रस्ताव धेरै सुनेँ । तर मलाई लाग्छ- सबै केसमा पुरुष मात्र दोषी हुँदैन । पुरुषलाई बलात्कार गर्ने महिला पनि हुन सक्छन्, त्यतिबेला चाहिँ त्यो महिलाको के छेदन गर्ने होला ? मलाइ जहाँसम्म लाग्छ- कसैको बाँच्न पाउने अधिकार हनन् गर्दै मृत्युदण्ड जस्तो सजाय त्यति उपयुक्त हुँदैन । यसको मतलब अपराधीलाई छुट दिने भनेको पटक्कै होइन ।

अहिले हामी वैज्ञानिक युगमा उभिएका छौँ । विज्ञानले धैरै ठूल्ठूला चमत्कार गरिसक्याे । त्यसैले हामीले पनि त्यस अपराधीलाई वैज्ञानिक तवरले कारबाही गर्नुपर्छ । यदि हामीले त्यस अपराधीलाई केमिकल क्यास्ट्रेसनको सजाय व्यवस्था गरेर बलात्कारीको यौन उत्तेजनालाई पूर्ण रुपमा निष्क्रिय पार्ने व्यवस्था सजायस्वरुप लागू गरियो भने यस्ता नरपिचाशहरू मासिन्थे कि ?

बालबालिकासँग जोडिएका ९० प्रतिशतभन्दा बढी यौनजन्य हिंसा चिनेको व्यक्तिले गरेको पाइन्छ । लकडाउनको अवस्थामा मानिसहरू घरभित्रै बस्न बाध्य भएकाले अझै रिपोर्टिङ नभएका घटना पनि थुप्रै होलान् । दैनिक रुपमा आएका बलात्कारका घटना हेर्दा ससाना नानीहरू नै धेरै बलात्कृत भएको देखिन्छ । जुन उमेरमा आफ्नो सुरक्षा आफैँ गर्न सक्दैनन्, सानो चक्लेट र मिठाईमा फकिन्छन्, त्यस्तै नानीहरू बढी बलात्कृत हुनुपरेको छ ।

दुःखको कुरा- हाँस्ने, खेल्ने, रमाउने उमेरमा पनि बाहिरी वातावरणमा सुरक्षा नदेखेपछि उनीहरूलाई घरभित्रै थुनेर राख्न बाध्य छन् आमाहरू । स्वतन्त्र भएर बाँच्न पाउने बालबालिकाको अधिकारबाट पनि वञ्चित छन् कैयौँ नानीहरू ।

यहाँ हरेक दिनरात बालिकादेखि वृद्ध आमासमेत लुटिन्छन् । न बालिका भनेर छुट छ, न वृद्ध भनेर नै । अब हामी जुट्ने बेला आएको छ । हाम्रो अधिकारका लागि लड्ने बेला आएको छ । हामीमाथि हुने हिंसा, उत्पीडन र दमन सहेर बस्ने होइन महिला दिदीबहिनीहरू । आफ्नो झोलामा क्रिम, पाउडर, मेकअपको सामानभन्दा पनि चक्कु बोकेर हिँड्ने गर, काम लाग्छ । हरेक पाइलामा हाम्रो इज्जत लुट्नेको कमी छैन यो देशको प्रत्येक गल्लीमा ।

हिम्मत राख । आइलाग्ने माथि जाइलाग्नुपर्छ । यो समाजमा कुनै राम आएर रावणलाई सजाय दिन्छ भनेर अब नारी सीता बनेर बस्नुहुँदैन । सबैलाई थाहा छ, सीताले नै अग्निपरीक्षा दिनुपर्ने छ । त्यसैले नारीले अब कालीको रुप लिग्नुपर्छ, खुकुरीमा धार लगाउनुपर्छ । २१औँ शताब्दीको नारी संस्कार अब नारीले नै कोर्नुपर्छ ।

Post a Comment

0 Comments