Breaking News

6/recent/ticker-posts

Header Ads Widget

ओली समूहको १६ बुँदे प्रस्ताव : सरकारलाई नायकका रुपमा स्थापित गरी चुनावमा केन्द्रित हुने

नेकपा ओली समूहको केन्द्रीय समितिको दुई दिने बैठक १६ बुँदे प्रस्तावहरु पारित गर्दै बिहीबार सकिएको छ । बैठकले ओली सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई बैठकले स्वागत गरेको छ । साथै पार्टीको सम्पूर्ण ध्यान र गतिविधि आगामी वैशाखमा हुने निर्वाचनमा केन्द्रित गर्ने निर्णय समेत बैठकले गरेको छ ।



बैठकबाट पारित १६ बुँदे प्रस्तावमा सरकारले गरेका कामहरुलाई जनतामा स्थापित गर्ने बताउँदै भनिएको छ, ‘ती कार्यहरुलाई जनताबीच स्थापित गर्ने, सुरु भएका कामलाई सफल पार्ने र थप जनपक्षीय कार्यहरु गर्दै पार्टी र पार्टी नेतृत्वको सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने संकल्प गर्दछ ।’


Visit Here

Post a Comment

0 Comments