गल्छी खबर। गल्छी गॉउ पालिका भित्र रहेको ३ वटा स्वास्थ्य चौकी बैरेनी हेल्थ पोष्ट कल्लेरी
गोगनपानी र गल्छी गॉउपालिका भित्र रहेको ५ वटा आधारभुत स्वास्थ्य सेवाको वार्षिक समिक्षा गोष्ठी बैरेनी स्वास्थ्य चौकीमा आजवाट सुरु भएको छ उक्त कार्यक्रमको अध्यक्षता गल्छी गापा उपप्रमुख राधा तिमिल्सेनाले गर्नुभएको छ भने सन्चालन गल्छी स्वास्थ्य शाखा उप प्रमुख शिव पौडेलले गर्नुभएको छ। उक्त कार्यक्रमको आयोजना गल्छी गॉउपालिकाले गरेको थियो गोष्टी आज र भोलि सन्चालन हुने छ। उक्त कार्यक्रममा आयोजकको रुपमा गल्छी गॉपाका प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठले र स्वास्थ्य शाखा प्रमुख राम प्रसाद ज्ञवाली मन्तव्य राख्नु भएको थियो।
0 Comments