Breaking News

6/recent/ticker-posts

Header Ads Widget

अर्थमन्त्रालयको चाबी ‘बिचौलियासँग मुछिएका’ नेतालाई

 २९ असोज, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका छन् । उनी यस्तोबेलामा अर्थमन्त्री बनेका छन्, जुनबेला मुलुकको अर्थतन्त्र भूकम्प र नाकाबन्दीको समयको भन्दा नाजुक अवस्थामा छ । र, पार्टीभित्र पनि एकता कमजोर भएको र गुटबन्दी प्रखर बनेको परिस्थिति छ ।



यसअघि भूकम्प, मधेस आन्दोलन तथा भारतको नाकाबन्दीसँगै नेपालको अर्थतन्त्र धरासयी भएका बेला अर्थतन्त्रको बागडोर सम्हाल्ने अवसर पौडेलले पाएका थिए । त्यतिबेला बजेटमा लोकप्रिय कार्यक्रमहरु ल्याएर उनले चर्चा कमाएका थिए ।

अहिले कोभिड–१९को महामारीले अर्थतन्त्र अभूतपूर्व संकटमा छ । यहीबेला अन्तर्राष्ट्रिय वित्त निकायहरुले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर शून्यमा खुम्चिने अनुमान गरिरहेका छन् । देशको अर्थव्यवस्था चरम संकटमा छ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सबल अर्थतन्त्रको जब बसाएको दाबी गर्दै बिदा भएपछि खतिवडाकै बजेट कार्यान्वयन गर्न आएका पौडेलमाथि मन्त्रीका रुपमा सुविधाभन्दा बढी दबाव छ ।

पहिलो कार्यकालमा अपेक्षाभन्दा राम्रो काम गरेको भनेर चर्चा कमाएका पौडेललाई यो कार्यकालमा असफल हुने छुट छैन । उनी असफल हुँदा देश पनि गरिबी र आर्थिक संकटको भूमरीमा पर्ने अर्थविदहरु बताउँछन् ।

Post a Comment

0 Comments