Breaking News

6/recent/ticker-posts

Header Ads Widget

तारुका गल्छी समाज गठन

 गल्छी असोज ३ नुवाकोट तारुकाबाट धादिङ गल्छी गा पामा बसोबास गरिरहेका व्यक्तिहरुको आज  छागेश्वर मन्दिरमा बैठक गरि तारुका गल्छी समाज गठन गरिएको हो । भरिपरि आउने समस्याको समाधानको लागि तारुकाबाट आएकाहरु एकजुट भई आपत विपत  परेकालाई सहयोग गर्ने उदेश्यले समाजको गठन गरिएको सन्तोष बुढाथोकीले बताउनु भएको छ । समाजको अध्यक्षमा साधुराम ढकाल उपाध्यक्षमा कविता अधिकारी श्रेष्ठ सचिवमा सन्तोष अधिकारी सह सचिव पेशल श्रेष्ठ कोषाध्यक्षमा रमेश ढुंगना सदस्यमा विनोद भण्डारी सुरज ढुंगाना सिता बुढाथोकी दिनेश ढकाल सन्तोष बुढाथोकी प्रदिप अधिकारी श्रीकृष्ण श्रेष्ठ सुनिता ढकाल पुर्ण ध्वज श्रेष्ठ रहेको छ र समाज चाडै न दर्ता गरिने बताईएको छ । हाल गल्छीमा तारुकाबाट ४५ घर परिवार बसोबास गर्दै आईरहेका छन् ।




Post a Comment

0 Comments