जिल्ला प्रशासन कार्यालयले त्रिशुली तथा खोलाबाट बालुवा झिक्न प्रतिबन्ध गर्दा हजारौ मजदुरको बिचल्लीमा परेका छन् । नुवाकोटमा यस अघिनै बन्द गरिएको थियो भने धादिङमा भर्खर बन्द गरिएको छ । विश्वनै कोभिड १९ को महामरीमा परेर लाखौ मजदुर बेरोजगार बनेको बेलामा प्रशासन वालुवा झिक्न प्रतिवन्ध गर्दा झन् मजदुरको आम्दानीको स्रोत खोसिएको छ। सयौ सख्यामा मजदुरहरु दाङ उदयपुर बाके बाट गाडी रिर्जभ गरि धादिङ तथा नुवाकोट आएका छन् । जिल्ला प्रशासनले ३ महिना खोला नालाबाट वालुवा झिक्न प्रतिबन्ध लगाएको छ । खोला नाला बन्द हुदा वालुवाको मुल्य पनि बृद्दि हुने गर्दछ भने रोजगारीको आशमा टाढा टाढाबाट आएका हजारौ मजदुरको बिचल्ली भईरहेको छ । यस बिषयमा निश्चित मापदण्ड बनाई बेलैमा खोला नाला मेशिनको प्रयोग नगरि मानिसले घरेलु औजार प्रयोग गरी बालुवा खुल्ला गर्दा स्थानिय सरकार तथा केन्दिय सरकारलाई समेत फाईदा पुग्दछ । एक टिप वालुवा लोड हुदा स्थानिय सरकारलाई ३००० र भ्याट मात्र १००० रुपैया जम्मा हुने गर्दछ।
0 Comments