गल्छी नेपालको नमुना शहर गल्छी बैरेनीमा बिगत केही महिनादेखि चोरको बिगबिगी रहेको छ । बैरेनी बजारमा एकै दिन ६ वटा पसल चोरी भएको थियो । चोरले मोटरसाईकल चुरोट तथा खाधान्न सामान समेत चोर्ने गरेको छ । समुह समुह बनाएर गाडीकोसमेत प्रयोग गर्ने गरेको पाईन्छ। हिजो राती १२ बजे गल्छी बजारमा चोरी गर्न लाग्दा स्थानियले थाह पाए पछि चोरहरु भागेका थिए । गल्छी बजारमा मिनि सिटीले रातीको लागि सोलार पोल गाडेको २बर्षमा पनि सोलार नराखेको कारण नि गल्छी बजार जोखिममा रहेको स्थानियाहरु बताउदछन् ।
0 Comments