Breaking News

6/recent/ticker-posts

Header Ads Widget

बेलकोटगडी-काठमाडौं संघिय जनसम्पर्कमंचमा ढुंगेल

श्रावण ,काठमाडौँ  । बेलकोटगडी-काठमाडौं संघिय जनसम्पर्कमंचको प्रथम भेला सम्पन्न भएको छ। नुवाकोट-काठमाडौँ संघिय जनसम्पर्क मंचको आयोजनामा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डको' प्रमुख आथित्यता तथा माननीय उपप्रधानमन्त्री एबं परराष्ट्रमन्त्री  कृष्णबहादुर महराको विशेष आतिथ्यतामा बसेको पार्टीको राजनितिक,वैचारिक प्रशिक्षण तथा बेलकोटगडी-काठमाडौं सङ्घीय जनसम्पर्क मंचको भेला भएको हो । प्रचण्डले नगर भेलालाइ संबोधन गर्दै बिगतबाट पाठ सिकेर नयाँ ढंगले संगठन चुस्तदुरुस्त पारेर अघि बढ्नु पर्ने बताउनुभयो साथै बनेका सबै कमिटीहरु जनस्तरमा गएर  गणतन्त्र लगायत अहिलेका सबै राजनीतिक  उपलब्धि माअोबादी पार्टीको रहेको भन्दै अन्य पार्टीका भ्रमलाइ चिर्न तिर  लाग्नुपर्ने  कुरालाई औल्याउनुभयो । सोहि कार्यक्रममा बोल्दै  नेता  महराले मावोबादी संसदीय अभ्यासमा लिप्त  रहेको कुराको खण्डन गरेका छन्  अहिलेको संसदीय ब्यबस्था उपयोग मात्र भएको र मावोबादिको कार्यदिशा प्रत्यक्ष कार्यकारी नै  रहेको बताउनुभयो  । उक्त कार्यक्रममा पार्टीका  नेता  पूर्वमन्त्री हितबहादुर तामाङ ,बिबेक शर्मा, जयमान तामाङ , रामप्रसाद ढुंगाना ,केशब पुडासैनी लगायत  नेताहरुले भेलाको  शुभकामना तथा आफ्नो महत्वपूर्ण भनाइ राख्नुभएको थियो भने उक्त कार्यक्रममा जिल्ला इन्चार्ज बिमला सुबेदी,सभासद द्वय राममाया बोगटी,राधिका तामाङ केन्दि्य आयोजक कमिटि सदस्यहरु राजेन्द्र न्यौपाने, तोयानाथ थपलिया र ककनी गाउँपालिका अध्यक्ष मानबहादुर तामाङ को उपस्थिति रहेको थियो। बैठकको अध्यक्षता नुवाकोट- काठमाडौँ संघिय जनसम्पर्क कमिटीका इन्चार्ज लोचन नेपालले गर्नु भएको थियो । भेलाले रुद्र ढुंगेलको अध्यक्षतामा ३५ सदस्यीय कमिटि गठन गरेको छ । 

Post a Comment

0 Comments