साविकको जिलिङ्ग,रातमाटे,दुईपिपल,कुमरी,बेल्कोट र मदानपुर गाविस मिलेर बनेको नुवाकोटको बेलकोटगढी नगरपालिकामा स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भएको छ ।
अहिलेसम्म कुनै पार्टीले पनि आधिकारिक रुपमा उम्मेद्वार तय नगरेको भएपनि मेयरका लागि विभिन्न व्यक्तिले दाबेदारी प्रस्तुत गरेका छन् ।
नेपाली कंग्रेसको तर्फबाट मेयरका लागि सुकदेब दाहाल , विष्णु राज नेपाल , जयराम दाहाल, इन्द्र लामा, एस के नेपाल, प्रताप सिङ लामा,बैकुण्ठ पान्डे, यादव नेपाल , लगायको दाबी गरेका छन् ।
ति मध्य सुकदेव दाहाल पत्रकारिता क्षेत्रमा अब्बल रही कंग्रेशको राजनिती मार्फत सामजिक सेवामा सक्रिया , बागेश्वरी मा वि बैरेनीका ने. वि. स. अध्यक्ष समालेका दाहाल दुईपिपल गाउं कार्य समिती हुदै क्षेत्रीय सदस्य समालिसकेका दाहालले नगरपालीकाको मेयर पदको जिम्मेवारी सजै ग्रहण गर्न सक्ने कंग्रेसी कार्यकर्ताको दावी छ ।
त्यस्तै एमालेबाट सुदर्शन नेपाल ,राजेन्द्ररमण खनाल, वाशु कडुवाल,ठाकुर पुडासैनीलगयतको दाबी छ ।
माओबादीबाट जगत लामा, मुकुन्द पौडेल र बिमला सुबेदी समेतको चर्चा रहेको छ। विमला पूर्व सांसदसमेत भइसकेकी नेत्री हुन् ।
बेल्कोटगढी नपाको जनसंख्या ३९,८८८ छ । नपामा वडा संख्या १३ रहेको छ
0 Comments