मााघ ७, काठमाडौं ।
नेपाली जामे मस्जिदका अध्यक्ष अमर अली फरिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ ।
क्यान्सरबाट पीडित खानको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा हिजो अपराह्न निधन भएको मस्जिदका सचिव मन्सुर हुसैनले बताउनुभयो । खानको आज २ बजे स्वयम्भूस्थित कब्रस्तानमा इस्लामिक परम्परा अनुसार समाधिस्थ गरिनेछ ।
उहाँको शवयात्रा मस्जिद घण्टाघरबाट साढे १ बजे सुरु हुनेछ । उहाँ दोस्रोपटक मस्जिदको अध्यक्ष हुनुभएको थियो ।
0 Comments