१७ पुस, काठमाडौं । ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ शुक्रबार तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको छ ।
अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर शुक्रबार बिहान माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली टोपी लगाएर अन्तराष्ट्रिय टोपी दिवस मनाएका हुन् ।
सामाजिक सञ्जालमार्फत एकजुट हुने र टोपी दिवस मनाउने अभियान चलाएका युवाहरुको समूह माइतीघरमा भेला भएका थिए । भेलामा सहभागी हुनेहरुले सकभर नेपाली पोशाक, नभएपनि नेपाली टोपी अनिवार्य लगाउनुपर्ने सर्त राखिएको थियो ।
भेलामा सहभागी युवाहरुले ‘हाम्रो मान हाम्रो शान र पहिचान, नेपाली पोशाकलाई सम्मान’, ‘नेपाली म, नेपाली पन, राष्ट्रिय पोशाक जगेर्ना’, ‘हाम्रो अभियान मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’ लगायतको नारा लेखिएका प्लेकाड बोकेका थिए ।
युवाहरुले अंग्रेजी नयाँ वर्षको दिनमा नेपाली पोशाक लगाउनुपर्ने अभियान सञ्चालन गर्दै आएका छन् । सोही समूहले गत वर्ष पनि टोपी दिवस मनाएको थियो ।
त्यसै गरी विभिन्न स्थानमा आफु जहाँ रहे पनि टोपी लगाउन आग्रह गरेका छन ।
फेसबुकबाट केहि तस्बिरहरु
0 Comments