धादिङ जिल्ला गल्छी घर भई हाल यु य ई मा रहनु भएका श्री राजकुमार ढाकाल सानै देखी सामाजिक भावना का थिए बेला बखत बिभिन्न क्षेत्र मा आफ्नो सहयोग गर्दै आउनु भएका ढकाल ले आज भन्दा ५ महिना अगाडी गाउंमा कम्प्युटर शिक्षा अभियानको बारेमा सामाजिक संजाल फेसबुक मार्फत सुने त्यस्को लगत्तै यस अभियानको बारेमा बुझ्न संस्था का अध्यक्ष भुबन गुरुङलाई संम्पर्क गर्नुभयो यस अभियान को मर्म र उदेस्यलाई आत्मा साथ गर्नु हुँदै आफुले सक्दो सहयोग गर्ने र यस अभियान लाई उहा को परिवारको तर्फबाट हरेक महिना यु य ई दिर्हम १०० प्रदान गर्ने बचन दिनु हुँदै हरेक महिना १०० दिर्हम संस्थालाई बुझाई सक्नु भएको छ भने ,पांचौ महिना को १०० दिर्हम माथी संस्थाले तिहार मा निधार खाली रहने दाजु भाइले दुर्गम जिल्लाका गरीब चेलीहरुलाई आफ्नो चेली संम्झी उहांहरु माझ कम्प्युटर शिक्षा पुर्याउने हेतुले जम्मा गरी रहेको तिहार दक्षिणा मा +१०० दिर्हम गरी पांचौ महिना मा २०० दिर्हम संस्थालाई सहयोग गर्नु भएको छ !
संस्थाले यस कम्प्युटर शिक्षा अभियान लाई बिस्तार गर्न संम्पुर्ण नेपाली समुदायमा अपिल पनि गर्दछ,किन भने आधुनिक शिक्षा बिना जनता र देशको प्रगती कदापी संम्भब छैन
0 Comments