एकदिन उन्ले भनेकी थिइन् “केटीहरुले इम्प्रेस गर्छन । केटाहरुले इम्प्याक्ट पार्छन ।”
तर उनी निकै बाठी रैछन....मलाइ इम्प्रेस गरेर इम्प्याक्ट पारिन् । म अक्सर सम्झन्छँु पहिलो भेट, उन्ले मलाइ कुर्सी देखाउदै “बसन” भनेको । अैले लाग्छ त्यो कुर्सी थिएन, त्यो उनको मन थियो.... जहाँ बसे पछि मलाइ उठ्न मन लागेन । निधारको दाँया पट्टि थोरै रातो दाग देखेँ । मैले एउटा भनाइ सम्झिएँ...चन्द्रमामा पनि दाग हुन्छ । तेस बेला उन्को त्यो सानो अनुहार मलाइ बास्तवमै चन्द्रमा लाग्यो । केही छिनको बसाइ, पन्ध्र बीस मिनेटको संगै हिडाइ पछि घर पुर्याइदिउ भन्ने मेरो प्रस्तावलाइ लत्याउदै उनी टेम्पो चडिन् । “धेरै बेर हिडे पछि पैताला पोल्छ रे”....उन्को समस्या । सरासर बाहाना बाजी उन्को । तर पनि मिठो मुस्कानले पहिलो भेटलाइ पूर्णबिराम लगाए ।
उनलाइ त टेम्पोले लग्यो । तर उन्को सम्झना मनमै रह्यो । उनको सम्झनालाइ तेइ टेम्पोमा झुन्ड्याएर पठाउन सकिन । उनको झझल्कोले बेला बेलामा हर्न मार्न थाल्यो, मनको ट्राफिकमा । घर त पुगियो तर मन उतै कड्केछ.... क सि को बार्दलीमा । छटपटी भन्ने कुराको अनुभव हुदैथ्यो । एक्लै बस्दा ओठ त आफै च्यातिदो रैछ..... अचम्म लाग्यो । औना पनि बेलाबेलामा हेरिरनु पर्ने,नयाँ रोगले समात्यो । सधै नुहाउने,बिहान बेल्कै दाँत माज्ने,चिटिक्क पर्नुपर्ने.......गजबको छाप छोडिन् उन्ले । दैनिकीनै उलट पलट ।
फेसबुकले लमीको काम गर्यो...भेटाउने काम । उनको झक्की बोली,हेपेर बोल्ने । लाग्थ्यो कुनै राजाको छोरी हो । तेइ बोलीले गोली हाने भए पछि घायलनै भइएछ । केही गरेर देखाउछँु भन्ने उन्को स्वभाव साह«ौ मन परेको मलाइ । उन्को आफु माथीको बिश्वास देख्दा लाग्थ्यो “के साचै केटीहरु कमजोर छन् त ?” अरु भन्दा केही माथी उठेर सोच्ने उन्को बानीले मलाइ सोच्न बाध्य बनायो “भेट्नै पर्छ ।” धेरै पल्टको प्रयास पछि...अन्तत भेटियो । यस्तरी भेटियो कि,उनको प्रभावले अग्रगामी छलाङ मार्यो जीवनमा । मान्छेनै परिवर्तन ।
दोस्रो भेटमा थुप्रै गिलास चिया लडाइयो । उन्ले आफ्नो बिगत सुनाइन,बर्तमान बताइन र भविष्य देखाइन । लाग्थ्यो उनी रेडियो अनि म स्रोता । सुनेको सुनै भए । मन्दिर परिसरमा पन्डितको गाली अनि छिमेकीले देख्दाको असहज परिस्थिती...बिल्कुलै नयाँ अनुभव थियो । त्यो समय कुन बेला बित्यो पत्तै पाइएन । सलल बग्यो खोला जस्तै । अनि भिजाएर गयो मायाले.....कहिल्यै नसुक्ने गरि ।
वास्ता नहुने मोबाइल फोन हातमै टासिन थाल्यो । लाग्थ्यो....कुन बेला बज्छ अनि उठाएर भनौ “हेलो ।” फेसबुक, उन्को फेस बिना बुक जस्तै लाग्ने..अल्छी लाग्दो । चिनाजानी बडाइयो, प्रस्ताव राखियो,स्वाीकार भयो । भेटघाट बड्यो अनि माया झाङ्गियो । उनी संगको प्रत्येक भेट,मेमोरीमा सेट छन् । उन्को प्रत्येक हेराइ आँखामा कैद छन् । उन्को प्रत्येक हाँसोको छुट्टै फोल्डर छ..जसलाइ उर्जाहिन दिनहरुमा बैकल्पीक उर्जा सरी उपयोग गर्ने गर्छु । उनीसंग बिताएका पलहरु साचै यादगार छन् । सम्झदा पनि ओठमा हाँसो आउछ....उन्को शक्ति,उन्को मायाको प्रभाव ।
उन्ले पहिलो पल्ट हात समात्दा, मुटुमा केन्द्रबिन्दु बनाएर शक्तिशाली भुकम्प गयो मेरो शरीरमा । हाँस उठ्छ....मैले आत्तिएर हात फुत्काको सम्झिदा । गल्ती गर्दा कराउने अनि सम्झाउने उस्को बानीले कायल बनाउछ । मलाइ आफ्नो जस्तो गर्ने उन्को व्यबहारले मलाइ झन् आत्मियता महसुस गराउछ । प्रत्येक भेटमा मेरो परिवारको हालखबर सोध्दा मलाइ झन् गहिराइमा लान्छ । उन्को मायाले मलाइ हरेक समय केही गर्नको लागी धकेल्छ । उनी जब हाँसेर म तिर हेर्छिन.....पहाड पनि जुरुक्कै बोकिदिउ जस्तो लाग्छ । केही गरौ केही बनौ जस्तो लाग्छ । यति हुदा हुदै पनि कहिले काही हरेस खाने उस्को बानी मलाइ मन पर्दैन । कमजोर भएर रुने उस्को बानी मलाइ मन पर्दैन । मलाइ हिम्मत दिने उन्ल,े हिम्मत हारेको देख्दा दुख लाग्छ । मैले धेरै सम्झाउदा पनि जिद्दी गर्ने उन्को बानी मलाइ मन पर्दैन । तर पनि मलाइ उनी मन पर्छ ।
अहिले आएर लाग्छ..उनी हुन्न थिन् त मैले हाँस्न सिक्दिनथेँ । रमाउन जान्दिनथेँ । ममा उर्जाको कमी हुन्थ्यो । जीवन बुझ्दिनथेँ । तेसैले लाग्छ प्रत्येक मान्छेको जीवनमा एउटा उनीको आवश्यकता छ । जसले हाँस्न सिकाओस्,बाँच्न सिकाओस्, केही गर्नु पर्छ भन्दै प्रत्येक दिन धकेली रहोस् । हामी सबैलाइ एउटा तेस्तो उनीको आवश्यकता छ, जसले हामीलाइ हाम्रो महत्व बुझाओस्...मान्छे बनाओस् ।
सबैले उनी जस्तै उनी पाऊन् । चिन्ने मौका मिलोस्..आफैले आफैलाइ । उनीको सम्झनामा हाँस्नुको मजा बेग्लैछ । मलाइ हाँस्न सिकाउने मेरो उनीलाइ धन्यबाद ।
– श्रेयज सुबेदी