Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छीमा मनोक्रान्ति योग १ समापन

डा. योगी विकासानान्द

धादिंङ । आध्यात्मिक वक्ता , मनोक्रान्ति योग प्रवर्तक एवम्  प्रणेता युवा दार्शनिक , योग प्रशिक्षक डा. योगी विकासानान्द ज्यूले  योग साधना विना सामाजिक रुपान्तरण सार्थक नहुने वताउनु भएको छ।  श्री छाङ्गेश्वर महादेव तथा छाङ्गादेवी मन्दिर संरक्षण  पर्यटन विकास समिति र श्री छाङ्गेश्वर  महिला कृषि सहकारीको सस्था लि. को आयोजनामा संचालित मनोक्रान्ति स्मार्ट योग I  समापन कार्यक्रममा बोल्दै उहाले हरेक व्यक्ति विशुद्ध रुपमा जागृत हुनुपर्ने बताउनु भयो।

दान विना जीवन सार्थक नहुने र समाज रुपन्तरणमा दानको महत्वपूर्ण भूमिका रहने भन्दै मनोक्रान्ति समूहबाट  निर्माणार्थ सत्संग भवनलाई १ लाख ६८ हजार ५ सय सहयोग प्रदान गरिएको थियो । आर्थिक सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान स्वरूप प्रमाणपत्र वितरण गरिएको थियो । मनोक्रान्ति समूहबाट बिभुता र सुरेन्द्रजीले गायन प्रस्तुत गर्नु भएको थियो भने रेनुका खरेल र प्रिया महर्जनले आकर्सक नृत्य प्रस्तुत गर्नु भएको थियो । गुरुदेवको स्वागतको निम्ति आयोजकबाट स्मार्ट गायनका साथसाथै नृत्य प्रस्तुत गर्नु भएको थियो ।

धदिङको गल्छीमा आयोजित नि: शुल्क योग प्रशिक्षक तालिम समापन समारोहमा बोल्दै वर्तमान समय सापेक्ष तयार पारिएको मनोक्रान्ति स्मार्ट योगले शारीरिक र कुण्डलिनी योगले मस्तिष्कको क्षमता जागृत गराउने बताउनु भयो।

अभियानले देशभरबाट आएका सर्बसाधारणलाई सहज र नि: शुल्क रुपमा सिकाएर व्यक्तिगत र सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गर्नुभयो। प्रशिक्षक साधक तथा योगीहरुलाई राष्ट्रिय रुपमा घरदैलोमा पुर्याउने बताइएको छ।

                                        "योग गर्न गल्छी जाउ
                                         आफै भित्र शक्ति पाउ  "
भन्ने नाराको उद्घाटन गर्दै गुरु राजु मनोक्रान्ति "महर्जन" लाई गल्छी जस्तो पवित्र तिर्थस्थल प्रशिक्षक समापन कार्यक्रम संचालन गरिदिनुभएकोमा धन्यवाद दिनु भयो।

श्री छाङ्गेश्वर महादेव मन्दिर परिसर भू- तपस्याको निम्ति अत्यन्त उपयुक्त स्थल भएको भन्दै कार्यक्रमका सभापति लक्ष्मण दास महर्जनलाई कार्यक्रमको निम्ति तयार गरिदिनुहुन अनुरोध गर्नु भएको थियो।  कार्यक्रमको अन्त्यमा
                         " फूल होस्त गुलाव जस्तो
                       योग केन्द्र होस्त गल्छी"
जस्तो भन्दै गल्छिको तारिफ गरेर बिदाई हुनु भएको थियो।


Post a Comment

0 Comments