Breaking News

6/recent/ticker-posts

Header Ads Widget

अपि हाइड्रोको ३० लाख कित्ता शेयर बाँडफाँड

काठमाडौं, भदौ १५ । अपि हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक शेयरको बाडँफाँड गरेको छ । ३५ जना कर्मचारी सहित १ लाख ८५ हजार १ सय २३ आवदेन परेकोमा १ लाख ४८ हजार ६ सय १६ जना आवेदकले अपिको शेयर प्राप्त गरेका छन । कम्पनीले गत आषाढ २४ गते सर्वसाधारणका लागि ३० लाख कित्ता शेयर निष्काशन गरेकोमा झण्डै तेत्तीस प्रतिशतले बढी ९ करोड ७८ लाख ४७ हजार ३ सय ५० कित्ता आवदेन परेको थियो ।  
एनआइबीएल क्यापीटलका अनुसार ३२ हजार रुपैयाँ सम्मका आवेदकले १० कित्ता शेयर पाएका छन । त्यसैगरी ७८ हजार रुपैयाँ सम्मकाले २० कित्ता, एक लाख रुपैयाँ सम्मकाले २६ कित्ता शेयर प्राप्त गरेका छन ।
अपीले सर्वसाधरणका लागि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । आवेदकले एक सय रुपैंया अंकित दरले कम्तीमा ५० कित्तादेखि बढीमा १ हजार कित्ता शेयरका लागि आवेदन दिनसक्ने व्यवस्था रहेको थियो ।
एकसय रुपैयाँ अकित दरका ३० लाख कित्ता शेयरका लागि २ सय १८ आवेदनको रितपूर्वक दरखास्त नपरेको पनि कम्पनीले जनाएको छ । कम्पनीले ९० हजार कित्ता कर्मचारीलाई, डेढ लाख कित्ता सामुहिक लगानीकोषलाई छुट्याएको थियो ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ६० करोड रुपैयाँ प्रवद्र्धकहरुले चुक्ता गरिसकेको छन भने १० करोड स्थानीयबाट उठाइएको छ । बाँकी रहेको ३० करोड रुपैंया संकलनका लागि कम्पनीले साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैंया मध्ये १० प्रतिशत स्थानीयबासी र ३० प्रतिशत शेयर सर्वसाधारणँका लागि जारी गरेको हो ।
अपी पावर कम्पनीले दार्चुला र बैतडीको बीचबाट बग्ने नौगड गाड नदीमा ८ दशमलव ५ मेगावाटको नौगड गाड साना जलिवद्युत आयोजना निर्माणँ सम्पन्न गरि विद्युत उत्पादन सुरु गरेको छ । उत्पादन गरेको विद्युत नेपाल विद्युत प्रधिकरणलार्इ विक्री गर्न थालिसकेको छ । कम्पनीले विद्युत उत्पादन थालिसकेको कारण पनि सर्वसाधारणका लागि जारी गरिएको शेयरमा धेरैको आकर्षण बढेको थियो ।

Post a Comment

0 Comments