यसका लागि हामी खेलाडी मात्र हैन खेल मैदानदेखि घरका छतमा बसेर हामीलाई हौस्याउने दर्शको त्यतिकै हात छ । म हाम्रा दर्शकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
आज दर्शकको मायाले हामी अन्तराष्ट्रिय स्तरको च्यापिम्पयन बनेका छौ । हाम्रो टोली सशक्त छ । अब एन्फा र सरकारले खेलका लागि बढि चासो दिनु परयो । खेलमा सरकारको ध्यान गए हामी भविश्यमा अन्तराष्ट्रिय स्तरमा पनि राम्रो नतिजा ल्याउने छौ । यो म सवैलाई विश्वास दिलाउन चाहान्छु । अन्तराष्ट्रिय लेवलको प्रतिस्पर्धा गर्दा त्यही प्रकारको हामीलाई प्रशिक्षण अन्य सुविधाको आवश्यकता पर्दछ । त्यो सरकारले पुरा गरोस हामी नतिजा दिन्छौ । आज खेलको अन्तिम समयमा हामीले केही गल्ती गरयो । तर हाम्रो टोली सशक्त भएका कारण म विश्वस्त थिएँ ।
टाइव्रेकरमा पनि जित्न सकिन्छ भन्ने लागेको थियो । टाइब्रेकरमा केही नरमस पन त थियो तर प्रतिद्धन्दी खेलाडीको तुलनामा उच्च नै थियो ।
0 Comments