एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अमृत क्याम्पस कमिटीले वृहत शान्ति र सदभाव र्याली निकालेको छ । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको विरोध स्वरुप र जातीय सद्भाव कायम राख्न र्याली निकालिएको कमिटीले जनाएको छ । क्याम्पसबाट सुरु भएको र्याली लैनचौर, दरबारमार्ग घन्टाघर हुँदै शान्तिबाटिकामा पुगेर कोण सभामा परिणत भएको थियो । सभालाई शंकर गौतम, संगम अर्याल, खरप्रसाद अधिकारी, गोपाल नेपालले सम्बोधन गरेका थिए । र्यालीपछि अनेरास्ववियु अस्कल क्याम्पस कमिटी सचिव गोपाल नेपालले टीकापुरमा ज्यान गुमाउने सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिगो शान्ति र जातीय सद्भाव कायम राख्न अनेरास्ववियु सधै अग्रमोर्चामा रहने बताए ।
0 Comments