स्मार्टफोन पुस्तामाझ आइफोन आकर्षणको केन्द्र मानिन्छ। त्यसै कारण अमेरिकी कम्पनी एप्पलको उत्पादन आइफोन संसारभरि लोकप्रिय छ। पछिल्लो समय एप्पलले पुस्ता सुहाउँदो आइफोन सेरिज उत्पादन गर्दै आएको छ। गत सेप्टेम्बरमा आइफोन ६ र आइफोन ६ प्लस बजारमा ल्याएसँगै अर्को आइफोन कस्तो हुनेबारे चर्चा चल्ने गरेको थियो। त्यो चर्चा अब केही महिनामै साँचो परिणत हुँदैछ।
मबर्ग रिपोर्टले आउँदो सेप्टेम्बरमै एप्पलले आइफोन ६ एक्स, आइफोन ६ एक्स प्लस र आइफोन ७ सार्वजनिक हुनसक्ने उल्लेख गरेको छ। के के हुनेछ त नयाँ आइफोनमा? ब्लुमबर्गले त्यसका सम्भावित फिचरबारे उल्लेख गरेका छन् । आइफोनको क्यामेरा अब १२ मेगापिक्सलको हुनेछ। कम प्रकाशमै राम्रा तस्बिर/भिडियो खिच्न सकिने विशेषता पनि यसमा हुनेछ। अहिले आइफोनमा ८ मेगापिक्सल क्यामेरामात्र छ। यसमा फोर्स टर्चको विशेषता पनि हुनेछ। जुन हालसालै म्याकबुकमा ल्याइएको थियो।
0 Comments