Breaking News

6/recent/ticker-posts

Header Ads Widget

पुल भाँचिएपछि बुटवल नारायणगढ सडक अबरुद्ध, यात्रुहरु अलपत्र

चितवन, साउन ११ । बुटवल र नवलपरासीको बीचमा पर्ने गैडाकोट नजिकै जयश्री खोलमा रहेको पुल भाँचिएपछि सडकखण्ड अबरुद्ध बनेको छ । वर्षायाममा पुल भाँचिएपछि सयौं गाडी र यात्रुहरु अलपत्र परेका छन् ।
दिउँसो सुचारु भइरहेको पुल सोमबार करिब साँझ साढे पाँचबजेतिर भाँिचएको थियो । पूल भाँचिएपछि दुबैतर्फबाट आइरहेका सवारी साधन सडकमैं थन्किएका छन् । भाँचिएको पुलबाट कसैलाई पनि आवतजावत गर्न दिइएको छैन।
मर्मत सम्भारको प्रतिक्षामा रहेको पुल यसअघि पनि दुई वर्ष अगाडि भाँिचएको थियो । त्यतिखेर मर्मत गरिएपनि सही ढंगले ध्यान पु¥याएर मर्मत नगरिएको कारण फेरी समस्या परेको हो ।
तराई खण्डमा भएकोले वैकल्पिक बाटो बनाएर सडक खण्ड खोल्ने प्रयास भइरहेपनि खोलमा पानी बढ्दै जाँदा थप अप्ठ्यारो हुन सक्ने देखिन्छ ।
डाइभर्सन बनाएर यातायात सन्चालन गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments