कुरा गर्न बडा सजिलोे । व्यबहारीकता आफैमा गाह्रो कुरा हो । नेपाली समाज कुरा केन्दि«त छ । व्यबहारीकता एकाद कतै भेटिन्छ....... दुर दराजमा यर्सा जस्तै ।
महिला मैत्री समाज........ लोकतन्त्रका दिन पछि व्यापक सुनिएको एक शब्द । नेपालको संविधान, बार्षिक बजेट तथा बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय एजेन्डामा उठाइएको अनि लेखिएको एक शब्द । नेपालमा छरपस्ट एन्जीओ तथा आइएन्जीओले मुद्दाको रुपमा उठाएको एक शब्द । हरएक बर्ष नारी दिवसमा माइकमा जोर संग फुकिने एक शब्द । हो .... यो एक शब्द मात्र हो । व्यबहारीकता नपाएको शब्द, शब्दमा सिमित शब्द, बोलीमा अल्झिएको शब्द । या यसरी भनौ, देखावटी शब्द , उच्चारणमा सिमित शब्द ।
अस्ति नेपाल बन्दको दिन, वीरगंज जाने बस कोचा कोच थियो । हामी उभिएका मध्ये ३ जना महिला हुनुहुन्थयो । पुरुषहरुको बीचमा उभिनु पर्दाको असहजता म प्रस्ट देख्न सक्थेँ । यतिकैमा एउटी महिलालाइ उल्टी आयो । मैले प्लास्टिकको लागी खलासीलाइ पहल गरेँ । फिर्तामा जवाफ आयो “छैन प्लास्टिक । मिलाएर झ्यालबाट गर्नु ।” तर अवसोस मिलाएर झ्यालबाट गर्न कसैले दिएनन् । उल्टी पछिको कमजोरीबारे सायद बसमा भएका सबैलाइ थाहा थियोे । तर त्यो कमजोरीले बस्नको लागी सिट पाएन । छेउको एकजना अंकलसंग अपिल गरेँ “उहाँलाइ गाह्रो भैराछ । बस्न दिनुस् ।” मेरो अपिल बालुवामा पानी । ती व्यक्तिले सुने नसुने जस्तो गरेँ । ती व्यक्तिलाइ महिलाको असहजता देखा परेन । उनको उल्टी र टाउको दुखाइलाइ ती व्यक्तिले बेवास्ता गरे । यस्तो असामाजीक व्यबहार देखाउने अनुहार तेइ थियो जसलाइ मैले गत बर्षको नारी दिबसमा व्यानर बोकेर हिडेको देखेको थिए । त्यो व्यानरमा लेखिएको थियो “महिलाको सम्मान गरौँ । महिला मैत्री समाज आजको आवश्यकता ।” त्यती ठुलो शब्द बोकेर हिडेको मान्छे आज निशब्द देख्दा लाग्यो...... यिनीहरु भुक्ने कुकर हुन्, जस्ले टोक्न जानेका छैनन् ।
तेइ सिटको पछाडी एउटा अर्को महाजन् होइसिन्थियो । जसले त्यसबेला मलाइ पाँच रुपेको प्लास्टिक पनि पत्याएनन् । प्लास्टिक अपिल गर्ने क्रममा मैले उनको ब्यागमा झोला देखेको थिए । त्यो थोरै बाहिर देखिएको झोला उनले अझ भित्र कोचे तर झोेला दिएर सहयोग गरेनन् । ती व्यक्ति कुनै सरकारी कर्मचारी थिए जस्ले लोकसेवा तयारी गर्दा संविधानमा पढेका थिए, महिलाको हक अनि महिला अधिकारको कुरा । तर त्यो पढाइले केही अर्थ राखेन । त्यो पढाइ कापी भर्न मात्र काम लाग्यो , व्यबहारीकता हात लाग्यो शून्य ।
म भन्दा अलि अगाडी भरखरकी युवती थिइन् । जो पुरुषमय शारिरीक खामोले घेरिएकी थिइन । उनले निकैनै अप्ठ्यारो महसुस गर्दैथिइन् । केही व्यक्तिका आँखाहरु उनको खाती अनि काखीमा मौरीका खिल सरी गाडिएका थिए । उनी बारबार सलले छाती छोप्थिन् । असहजता उनको शरिरले बोल्दैथियो ।
त्यस बसमा बस्ने प्राय सबै व्यक्ति शिक्षित देखिन्थे । हामी सामाजीक प्राणी हौँ र महिलाको हामीले सम्मान गर्नुपर्छ भन्ने कुरा प्राय सबैलाइ अवगतनैे थियो । तर अवसोस व्यबहारीतामा त्यो देखिएन । आफ्नो सीट छोडेर बस्न दिने आट कसैले देखाएनन् । एउटा महिला बसमा उभिएर अप्ठ्यारो मान्दै यात्रा गरेको देख्दा देख्दै,कसरी एउटा पुरुष सिटमा सुतेर जान सक्छ । एउटा महिला गलेर उभिन नसकेको देख्दा देख्दै, कसरी एउटा पुरुषले मुख घुमाउन सक्छ । अस्वस्थ महिलाको सहयोग गर्नु पर्ने ठाँउमा कसरी एउटा पुरुषले पाँच रुपेको प्लास्टिक जोगाउन सक्छ । के हाम्रो धर्मले हामीलाइ यही सिकाउछ । के हाम्रो संस्कारले देखाएको बाटो यस्तै हो । कागजको एकाद पानामा महिला मैत्री समाज कोरेर मात्र हुदैन । मञ्चमा उभिएर भारि शब्द प्रयोग गरेर मात्र पनि हुदैन । तेस्लाइ व्यबहारमा उतार्न सके मात्र तेस्ले पूर्णता पाउछ । महिला मैत्री बस,महिला मैत्री शौचालय, महिला मैत्री सार्वजनीक क्षेत्र र महिला मैत्री सोच मिलेर मात्र महिला मैत्री समाज बन्छ ।
परिवर्तन हुने कुरा हैन, गर्ने कुरा हो । यस्को सुरुवात आफैबाट गर्नुस् । बसमा यात्राको क्रममा कुनै महिला बृद्ध वा अशक्त कोही पनि संगैै उभिएका छन् भने सहयोग गर्नुस्..... शारीरिक दुख त हुन्छ तर मानसिक खुसी पाउनु हुन्छ । तेसैले हामी सबैले बसमा यात्रा गर्दा याद राख्नु पर्ने कुरा “उठ अनि बस्न देऊ ।”
सुरुवात आफुबाट गर्नुस् । परिवर्तन एकदिन अवस्य हुन्छ ।
–श्रेयज सुबेदी