काठमाडौं, २३ असार । केही दिन अघि नेदरल्याण्डसँग भएको टी-ट्वेन्टी अन्तराष्ट्रिय सिरिजमा तुलनात्मकरुपमा सशक्त प्रदर्शन गरेका नेपाली टोलीका कप्तान पारस खड्काले टी-ट्वेन्टीको अन्तराष्ट्रिय बरियतामा ठूलै फड्को मारेका छन् ।
४ म्याचको श्रृंखला नेपालले ३-१ ले गुमाए पनि पारसको प्रदर्शन राम्रो थियो । सोही कारण उनी पहिलो पटक विश्वकै उत्कृष्ट १०० टी-ट्वेन्टी ब्याट्सम्यान भित्र पर्न सफल भए । यो उनको खेल जीवनकै निकै ठूलो उपलब्धि हो ।
पारस बरियताको ६४ औं स्थानमा छन् । यसपटक पारसमात्रै नभएर उपकप्तान ज्ञानेन्द्र मल्लले पनि बरियतामा स्थान पक्का गर्दा सरद भेसवाकर पनि उत्कृष्ट १०० भित्र यथावत छन् । सरद बरियताको ८१ र ज्ञानेन्द्र ८६ औं स्थानमा रहेका छन् । पारसको ३ सय ३८, शरदको २ सय ५० र ज्ञानेन्द्रको २ सय ३३ रेटिङ अंक छ ।
यस्तै बलिङ तर्फ वसन्त रेग्मीले पनि उत्कृष्ट १०० भित्र स्थान बनाएका छन् । ३ सय ४२ रेटिङ अंकका साथ वसन्त ८३औं स्थानमा छन् ।
0 Comments