बाहुबली'ले तीन दिनमा गरेको आम्दानी कुनै पनि हिन्दी भाषाका फिल्मले विदेशमा गरेभन्दा बढी भएको वेबसाइटले जनाएको छ। यसअघि हिन्दी फिल्महरु 'पिके', 'क्रिस ३'र 'धूम ३' र 'हयाप्पी न्यु इयर'ले विदेशबाट राम्रो कमाएका थिए। देशविदेश गरी फिल्मले १ अर्ब ६७ करोड कमाइसकेको छ।
हिन्दी, तमिल, मलयालममा समेत डब गरी रिलिज गरिएको फिल्मले तीनै भाषामा रकेर्डतोड कारोबार गरेको छ।
हिन्दीमा मात्र फिल्मले तीन दिनमा २१ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। २५० करोडमा बनेको दुई भागको यो फिल्मलाई भारतकै सर्वाधिक महँगो मानिएको छ। दोस्रो भाग अर्को वर्ष रिलिज हुँदैछ।
फिल्मले व्यापारसँगै समीक्षकबाट पनि प्रशंसा बटुलेको छ। फिल्मले आएमडिबी रेटिङमा पनि ९.४ पाएको छ, जुन कुनै पनि भारतीय फिल्मले पाएमध्ये बढी हो।

देशभरका ४२०० हलमा रिलिज भएको फिल्ममा प्रभास, राना दुग्गावति, तमन्ना र अनुष्का सेट्ठीको अभिनय रहेको छ। फिल्मलाई एसएस रजामौलीले निर्देशन गरेका हुन्। महाभारत र रामायणको कथालाई मिश्रण गरी बनाएको फिल्मको सेट र भिजुयल इफेक्टस् विश्वस्तरीय रहेको समीक्षकले बताएका छन्। रजामौलीले यसअघि पौराणिक विषयवस्तुमै बनाएको फिल्म 'मागाधिरा' पनि उत्कृष्ट मानिएको थियो।
0 Comments