मुम्वइ-बलिउडमा कुनै पनि निर्माताले देखिरहेको सपना पूरा हुने भएको छ। बलिउडका 'तीन खान' आमिर, सलमान र शाहरुखलाई दर्शकले एउटै पर्दामा एकसाथ देख्न पाउने भएका छन् । भारतको एक प्रतिष्ठित दैनिकले दिएको खबर अनुसार 'तीन खान' लाई निर्माता निर्देशक साजिद नाडियावालाले एक साथ फिल्ममा उतार्न लागेका हुन्।
उनले त्यसका लागि प्रारम्भिक चरणको काम समेत थालेको जनाएको छ। साजिदको विश्वस्त श्रोतलाई उद्धृत गर्दै अखबारले लेखेको छ, ' साजिदले यस्तो फिल्म बनाउने निर्णय गरेका छन् जसमा तीनै खानको अभिनय रहेको छ। सम्भवतः फिल्म साजिद स्वयंले निर्देशन गर्नेछन् र फिल्मका लागि मनमोहन देसाईको फिल्म अमर अकबर एन्थोनी जस्तो कथा साजिदको दिमागमा छ।' फिल्म २०१७ को जनवरीमा सुरु गर्ने र सोही वर्षका अन्त्य अर्थात डिसेम्बरमा रिलिज गर्ने तयारी रहेको पनि समाचारमा उल्लेख छ। यसअघि शाहरुख र सलमान खानले 'करण अर्जुन' 'हम तुम्हारे है सनम' र 'कुछ कुछ होता है' मा सँगै अभिनय गरेका छन्। सलमान र आमिरले 'अन्जाज अपना अपना'मा सँगै काम गरेका छन् तर शाहरुख र आमिरले भने आजसम्म सँगै काम गरेका छैनन्।
0 Comments