गमलामा कैद गरिएका केही फुलहरु,जुन मलाई स्वतन्त्र कैले लागेनन् । बैठकमा बिछ्याइएका यति कार्पेटको भान गराउने चाइनिज दुबो बिछ्ईएको केही पाटे जमिनहरु । शैलुनमा हजामले कपाल काटे जस्तै, मिलाएर काटिएका सो प्लान्टहरु । अनि लस्करै रोपिएका अशोकका बोटहरु र छाटिएका केही अपरिचित बिरुवाहरु । ठाँउ ठाँउमा राखिएका काठका बेन्चहरु । सिमेन्टले बनाइएको कृत्रिम छाता जुन प्राय दुबोको बीचमा हुन्छन् । छेउतिर बनाइएका फलामे पिङ जुन म अक्सर स्थीर देख्दिन । भरखर पारलर पसेर निस्किएको किशोरी जस्तै,हरएक कुरा मिलेको देखिन्छ । सुन्दर,मन लोभ्याउने तर कृत्रिम । कुनै एक पार्क यस्तै यस्तै देखिने गर्छ ।
यहाँ कुनै बिभेद छैन । हरएक बर्गका ब्यक्तिहरु विभिन्न रंग ओडेर पस्छन् । कुनै जातको लागी प्रवेश निषेध लेखिएको हुदैन । फरक धर्मका ब्यक्तिहरु विविध आस्था बोकेर आउछन् । आफ्नो पराइ कोही भनिदैन,सबलाई स्वागत छ यहाँ । फरक फरक मनस्थिती बोकेर आउछन् मानिसहरु । कोही उदास पस्छन् प्रफुल्ल निस्कन्छन् त कोही हरियो पस्छन् सुकेर निस्कन्छन् । सायद परिवर्तनको लागी आउछन् मान्छेहरु । अनि परिवर्तन बोकेर फर्कन्छन् । कुनै कुनामा बाबु आफ्नो छोरालाई जीवनको यर्थाथ पढाउदै डोर्याइरहेको देखिन्छ । कुनै कुनामा सपरिवार न्युटन देखिन्छन् । दुख,कष्ठ,हर्ष,बिस्मात रहित शुद्ध मनोरञ्जीत । प्रेमिल जोडीहरु कतै गम्भिर भेटिन्छन् त कतै उत्तेजित । जीवनको साठी दशक नाघी सकेका सेताम्मै सम्बन्ध पनि ताजा भेटिन्छ यहाँ । जुन सम्बन्धमा म जीवन चलाउने इनधन देख्छु.....माया,भरोसा,साहारा अनि समझदारी । प्रायजसो मानिसहरु क्लिक मनस्थितीमा भित्रिने गर्छन् । सेल्फी,बेल्फी अनि सिङ्गल......यी अैले चलेका क्लिकहरु । कतै फुल संग टासिएर,कतै दुबोमा लडेर,कतै पिङमा झुलेर त कतै भित्तामा ढेसिएर । फरक मानिस अनि फरक शैलि । अनि बेल्का फेसबुकको वालमा पार्किय बसन्त छाउछ र त्यसपछि लाइक र कमेन्टको बर्षा त अनिवार्य भै हाल्यो । यसै क्रममा हात हातमा वर्ग देखिन्छ र स्थिती झल्कन्छ । चाइनिज,नोकिया,कलर्स,कार्वन,सामसुङ देखि लिएर टोकिएको स्याउको ब्रान्ड सम्म । क्यान इन्फोटेक मेला जस्तै हरएक हातमा ब्रान्डिय प्रबिधि झल्कन्छ । बिदेशी उपहार हो की पसिनाको जोडाइ हो...त्यो पनि प्रस्ट हुन्छ । यहाँ आउदा साथ ल्याउने कुराहरु पनि बिभिन्न देखिन्छ । कसैले साथी साथ ल्याउछन् । कोही आफ्नो पेट्स बोकेर आउछन् । कोही किताब संग पनि भेटिन्छन् त कोही आफैमा धेरै रहस्य बोकेर आउछन् । केही समय त्यही रहस्यलाई केलाउछन् । कोही निचोड बोकेर फर्कछन् त कोही निचोरिएर फर्कन्छन् । कोही आनन्द लिएर फर्कन्छन् त कोही आनन्द दिएर फर्कन्छन् । जे होस् जीवनका फरक रंग भेटिन्छ पार्कमा ।
अरुलाई खुसी दिने,परिवर्तन दिने पार्क... म कैले खुलेको देख्दिन । उसको अबस्थिती र उपस्थिती, दुवै मलाई खल्लो लाग्छ । प्राय पार्कहरु म उदास देख्छुँ । मानव सृजना र क्षमताको बलबुतामा प्रकृतीको एक टुक्रालाइ कैद गरे जस्तो लाग्छ । पूर्णरुपमा कृत्रिम लाग्छ पार्क । धुनिएका सुगा जस्ता,जो उड्न सक्दैनन् । त्यसैले केही समय अगाडीको पार्क प्रेमी म, आजकाल चोभार जान्छुँ । सुन्दरीजल जान्छँु । शिवपुरी जान्छँु । जहाँ बास्तवीक प्रकृती भेटिन्छ । मेरो मनले मागेको पार्क देखिन्छ । जहाँ रुखहरु निसन्देह बढ्ने गर्छन् । काटछाट गर्ने कोही हुदैन । पानीमा कसैको नियन्त्रण हुदैन । दुबोहरु बौलाएर मौलाएका हुन्छन् । हो आजकाल म यस्ता पार्कहरु धाउने गर्छु जहाँ प्रकृतीमा कसैको लगाम हुदैन । किन किन, मलाई प्रकृतीलाई कृत्रिमता दिएको फिटिक्कै मन पर्दैन ।
:-श्रेयज सुबेदी