Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नरेन्द्र मोदीलाई पक्रेर बुझाउनेलाई १ अर्ब पुरस्कारको घोषणा

१८ जेठ, एजेन्सी ।

पाकिस्तानी मुश्लिम संगठन जमाते इ ईश्लामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पक्रेर बुझाउनेलाई १ अर्बदिने घोषणा गरेको छ ।

पाकिस्तान  नियन्त्रीत कश्मीरमा सोमबार एक सभामा बोल्दै ईश्लामीका नेता सिर्ज उल हकले यस्तो पुरस्कारको घोषणा गरेका हुन् ।

भारतले अहिलेसम्म हिजबुल्लाह मुजाहिदीनका प्रमुख सैयद सलहद्दीन सहित कुनैपनि जिहादी नेताहरुलाई पक्रन नसकेको भन्दै मोदीलाई पक्रनेलाई ईनाम भेटी दिने बताए ।

सभामा बोल्दै ईश्लामी नेता उल हकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ईंगित गर्दै भने-'तिम्रा एजेन्टहरुले हाम्रा मुजाहिद्दीनलाई पक्रन सफल हुनुहुनेछैन, म भारतीय सुरक्षाकर्मी र एजेन्टहरुलाई भन्छु हामी ५० करोड होइन नरेन्द्र मोदीलाई पक्रेर बुझाउनुहोस् एक अर्ब रुपैयाँ दिन्छौं ।'

'भारतले पाकिस्तानसँग असल सम्बन्ध चाहेको भए दिल्ली र मुम्बई फर्कन' सुझाव दिंदै जमाते ई ईश्लामीका नेता उल हकले भने-'ईश्लामाबाद र काश्मिरमा भारतलाई कुनै ठाउँछैन ।'

जम्मू कश्मीर र गुजरातमा भएका मुश्लिम हिन्दु साम्प्रदायिक मुडभेडमा मारिएका सयौं ब्यक्ति काण्डमा मोदीको संलग्नता रहेको आरोप समेत उनले लगाए ।

पाकिस्तानको राष्ट्रीय विधानसभा मा मात्र चार सदस्य रहेपनि देशभर ठूलो प्रभाव रहेको जमाते ई ईश्लामी पाकिस्तानमा कट्टरवादी मुश्लिम संगठनको रुपमा चिनिन्छ ।

Post a Comment

0 Comments