'जब' भ्याकेन्सी । आफूलाई मिल्ने जब पाउनै गाह्रो । थाहा भए त एप्लाई गरिन्थ्यो । जागिर पाउने सम्भावना पनि हुन्थ्यो होला । तर धेरै युवा आफूलाई मिल्ने खालको भ्याकेन्सी खुले पनि थाहा पाउँदैनन् । रोजगारदाताको पनि उस्तै अवस्था छ । आवश्यकताअनुसार कर्मचारी भेट्टाउनु ठूलै जित हुन्छ, उनीहरूलाई ।
इन्टरनेट पहँुच भएको ठाउँमा गयो, ब्राउजर खोल्यो । टाइप गर्यो, हेटौंडाजब्सडटकम। र, पत्ता लागिहाल्छ, हेटौंडाका कुन कम्पनीले कस्ता कर्मचारी खोज्दैछन् ।
संसार विस्तारै कम्प्युटरमा खुम्चिँदै छ । जागिर खोज्ने माध्यम पनि विस्तारै यसमा अटाउन थालेको छ । भ्याकेन्सीको जानकारी दिने र कर्मचारी खोजिदिने वेब पोर्टलबाट सहजै थाहा पाउन सकिने भएको छ ।
अनलाइनबाट जागिर खोज्ने संख्या पनि बढिरहेको छ । कम खर्च र समयमा विभिन्न माध्यमबाट आएको दर्जनौं भ्याकेन्सीलाई एकै ठाउँमा ल्याइदिएका छन् जब पोर्टलले । त्यसमा पनि आफ्नो सीपअनुसारको जागिरको भिन्दै पोको पाउनु अर्को काइदा । शुल्क पनि नलाग्ने । काम पनि छिटो हुने ।
अनलाइन जब पोर्टलले जागिर खोज्नलाई सघाएको छ,कर्मचारी खोज्नेका लागि पनि धेरैबाट उत्कृष्ट छान्न यो सहज माध्यम बनेको छ ।
'हेटौंडाजब्सडटकम दैनिक 500 भन्दा बढीले भिजिट गर्छन् । सबै सेवा र जानकारी स:शुल्क तथा निसुल्क उपलब्ध गराएका छौं ।' पोर्टलबाट जागिर खोज्नेले आफूलाई रजिस्टर गर्नुपर्ने हुन्छ । बायोडाटामा राखिने प्रायः सम्पूर्ण तथ्य रजिस्टर गर्दा राख्नुपर्ने छ । रजिस्टरपछि उनीहरूले पुराना भ्याकेन्सी र अपडेट हुने नयाँ भ्याकेन्सीबारे जानकारी लिन सक्नेछन् ।मिल्ने भ्याकेन्सी पाएपछि सोझै कम्पनीमा आवेदन दिन सक्ने हुन्छ ।
विभिन्न सञ्चार माध्यमबाट प्रकाशित भएको भ्याकेन्सी पनि पोर्टलमा दैनिक अपडेट हुन्छ। साथै साइटमार्फत भ्याकेन्सी निकाल्नेको संख्या पनि बढ्दो छ । 'निश्चित पैसा लिएर रजिस्टर गरेपछि भ्याकेन्सीबारे मात्र जानकारी जान्छ । सबैलाई भ्याकेन्सीबारे जानकारी गराउने यो सहज माध्यम हो । ई-मेल वा वेबसाइटबाट जानकारी पाउने र सोझै जागिरका लागि कम्पनीमा एप्लाई गर्न सकिन्छ ।
अब सबै जागिर खोज्न पोर्टल धाउने छन्, कुनै कार्यालय हैन ।
योग्यताका आधारमा रोजगारीको अवसर जुटाइदिने जब-प्लेसमेण्ट/ रिक्रुटमेन्ट एजेन्सीहरूबारे जानकारी पाएर अवसर लिने थोरै छन्। सोर्सफोर्स नभई जागिर पाइँदैन, पाइए पनि योग्यता र क्षमतामा सम्झ्ौता गर्नुपर्छ भन्ने गुनासो पोख्दै हजारौं नेपाली युवा विदेशिईरहेको बेला देशभित्रै क्षमतावान् र योग्यलाई तत्कालै रोजगारी दिलाउन हेटौंडाजब्स तम्तयार छ। जागिर खोज्ने र दिने प्रक्रियालाई सहज बनाउन ,बेरोजगारलाई क्षमताअनुसारको अवसर दिनमा केन्द्रित छ , हेटौंडाजब्स।
नेपाल दूरसञ्चार संस्थान वा विद्युत् प्राधिकरणलगायतका सरकारी संस्थानहरूमा जस्तो जागिरको आवेदन दिने हजारौंको भीड, त्यसले सिर्जना गर्ने तनाव र झ्न्झ्ट बेहोर्न तयार छैन,निजी क्षेत्र। उनीहरू यस्ता एजेन्सीहरूको माध्यमबाट सजिलै र कम खर्चमा योग्य र क्षमतावान् जनशक्ति प्राप्त गर्छन्। यसरी, यस्ता एजेन्सीहरू सरकारको प्रशासनिक र व्यवस्थापकीय क्षेत्रको तुलनामा निजी क्षेत्रले पाएको व्यावसायिक दक्षताको श्रेयमा बलियो हिस्सेदारसमेत बन्न पुगेका छन्। छनोट प्रक्रियामा भनसुनलाई स्थान नदिने एजेन्सीहरूले आवश्यक दक्ष जनशक्ति आपूर्तिमा ठूलो भूमिका खेलेका छन्।
नेपालका शिक्षित युवा वर्गले सही परामर्श नपाउँदा निराश हुने अवस्था छ। यी कम्पनीहरूले उनीहरूको रुचिअनुसारको करिअर निर्माणमा सहयोगी र परामर्शदाताको भूमिका खेल्ने गरेका छन्। यस्ता संस्थाहरू मध्यमस्तरका कर्मचारीदेखि सिईलगायतका कम्पनीका उच्च तहका जनशक्ति आपूर्तिमा सफल भएका छन्। उच्च तहका कर्मचारीहरूको आपूर्ति प्रक्रियालाई भने अति गोप्य राख्ने गरिएको छ।
आफूहरूले सम्भावित जागिरेहरूलाई कसरी बायोडाटा राम्रो बनाउँदै सही दिशातिर बढ्ने भन्ने जानकारी दिने गरेको बताउँछन्।
व्यक्तिलाई सुहाउँदो जागिरको पहल गरिदिनु हेटौंडाजब्सको सबैभन्दा सकारात्मक पक्ष हो। एजेन्सीहरूबाट आपूर्ति भएका जनशक्ति क्षमता र योग्यताका हिसाबले पनि अब्बल हुने र त्यही अनुसार अवसर पाउने हुँदा मजदुर-व्यवस्थापन विवादको सम्भावना पनि कम हुने देख्छन्, एजेन्सी प्रमुखहरू। “फेरि केही असन्तुष्टि हुन लाग्यो कि एजेन्सीहरूले अर्को ठाउँमा अवसर जुटाइदिने भएपछि विवाद हुने ठाउँ नै रहँदैन।”
हुन पनि, अहिलेको पुस्ताका लागि सबै कुरा इन्टरनेटमा उपलब्ध छ। तिनले करिअर के हो अथवा सीप बढाउन के गर्नुपर्छ भन्ने जस्ता कुराको जानकारी लिन इन्टरनेट हेर्ने जाँगर देखाए पुग्छ। “जागिर खोज्नेले एक पटक असफल हुँदैमा सोर्स भएन भन्ने होइन, बरु आफूमा रहेका कमजोरी हटाउँदै क्षमता वृद्धि गर्ने कुरा सोच्नुपर्छ। अनि पाइन्छ, खोजे जस्तो जागिर।”
त्यसो त एजेन्सीहरूमा आउने हजारौं बायोडाटा, निवेदनमध्येबाट भनसुन र दबाबलाई छल्दै सुहाउँदा १०-१५ जना छानेर कम्पनीहरूमा अन्तिम अन्तर्वार्ताका लागि सिफारिस गर्ने काम कम चुनौतीपूर्ण छैनन्। त्यसकारण, गलत बाटोबाट आउने उम्मेद्वार जतिसुकै योग्य भए पनि छनोटमा नलिने बताउँछन्। यही कारण एजेन्सीहरू छोटो समयमै निजी क्षेत्र र जागिर खोज्नेहरूमाझ् लोकप्रिय भएको उनको कथन छ।
• “पहिले जागिरका लागि खुलेका विज्ञापन हेर्दै, घण्टौं लाइनमा बसेर निवेदन दिनुपर्थ्यो। तर, अहिले हेटौंडाजब्सका कारण जागिर धेरै सहजछ।”
• “पत्रिकाहरूमा आएका विज्ञापन अनुसार आवेदन दिँदा औपचारिकता मात्र पूरा हुने, छनोट गरिए पनि अन्तिम समयमा नबोलाउनेसम्म भयो। पछिल्लो समयमा जब-प्लेसमेण्ट/रिक्रुटमेण्ट एजेन्सीको आगमनबाट त्यसरी हतोत्साही हुनुपर्ने क्रम घटेको छ।”
0 Comments